सुनसरी ,१ असार ।
आगामि असार १४ गते हुने स्थानीय तह निर्वाचनको सुरक्षाका लागी भन्दै नेपाली सेना पूर्वको सुनसरी जिल्लाका बिभिन्न मतदान केन्द्रहरुमा नै अस्थाई क्याम्प खडा गरेर बसेको छ ।
निर्वाचन खारेजी अभियानमा रहेको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना गतिबिधि बढाएको भन्दै चुनावको दुई साता अघि देखि नै मतदान केन्द्र छेउमा क्याम्प नै खडा गरेर सेना बसेको हो ।
सुनसरीका पडाडि भेगका मतदान केन्द्रमा सेनाले अस्थाई क्याम्प खडा गरेर सुरक्षा दिईरहेको छ ।
गाविस ,सरकारी कार्य ,स्कुल लगायतका स्थानमा हतियार सहितको सेना ले क्याम्प नै खडा गरेर बसेको त्यहाँबाट हाम्रा सहकर्मीले जनाएका छन् ।
सुनसरीका सिमा क्षेत्रहरुसँगै धरान नगरपालीका अन्तरगत ठिङगाबारी ,पाचकन्या , बिष्णुपादुका , पानबारी लगायतका स्थानमा रहेका मतदान केन्द्रमा चुनाव आउनु अघि नै सेनाको अस्थाई क्याम्प खडा गरिएको छ ।
उता बिभिन्न राजनितिक दलका कार्यकर्ताहरुले आएर भोट नहाले नगरपालीकाबाट पाउने सेवा सुबिधा बन्चित गराउने धम्कि दिने गरेको भन्दै स्थानीय जनताले गुनासो गरेका छन् ।
स्थानीय जनताको घरमा पुगेर मत माग्ने र जबरजस्त पार्टीको झण्डा राखिदिने समेत गरेको उनीहरुको गुनासो छ ।
जिल्लाको– ६ गाउँपालिका, चार नगरपालिका र दुई उपमहानगरपालिका लागि निर्धारण गरिएको १६६ मतदान केन्द्र र ४८४ मतदानस्थल रहेका छन् ।
जसमध्ये सुनसरीको ६४ अतिसंवेदनशील र १ सय २ संवेदनशील भित्र परेका छन् । सुनसरीमा चार लाख २१ हजार १५९ मतदाता छन् ।
आसन्न दोस्रो चरणको निर्वाचन सुरक्षाका लागि पूर्वका १६ जिल्लामा ४२ हजार प्रहरी परिचालन गरिएको छ ।
स्थानीय प्रसानसनको कडाईका बाबजुत सो क्षेत्रमा कम्युनिष्ट पार्टीले पनि निर्वाचन खारेजी अभियानलाई तिब्र बनाएको छ ।