प्रधानमन्त्री देउवालाई काग्रेसभित्रैबाट चुनाव सार्न दबाब आएको खुलासा !

प्रधानमन्त्री देउवालाई काग्रेसभित्रैबाट चुनाव सार्न दबाब आएको खुलासा !

  • बिहिबार, असार १, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाण्डौ ,१ असार ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली काग्रेसका नेताहरुले नै २ नम्बर प्रदेशको चुनाव सार्न दबाब दिएको खुलासा भएको छ ।
प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली,बरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ लगायतका शिर्ष नेताहरुलाई टेलिफोन गरी चुनाव सार्न सहयोग गरिदिन आग्रह गरेपछि प्रधानमन्त्री देउवामाथि परेको दबाबको खुलासा भएको हो ।

सर्वदलीय बैठक र पार्टीका बैठकमा एमालेले चुनाव सार्ने षडयन्त्र भएको र त्यसप्रति सचेत रहन आग्रह गरेपछि प्रधानमन्त्री देउवाले टेलिफोन गरी चुनाव सार्न सहयोगको अपिल गर्नु भएको हो ।
‘मेरै पार्टीका साथीहरुले चुनाव सार्न दबाब दिएका दियै छन,तपाईहरुले सहयोग गरिदिनुपरयो’एमाले नेताहरु समक्ष देउवाले टेलिफोनमा भन्ने गर्नु भएको उच्च स्रोतले जनाएको छ । स्रोतका अनुसार एमाले नेताहरुले आफनो पार्टीका नेताहरुलाई ठीक ठाउँमा राख्न र चुनाव सार्ने खेलमा नलाग्न चेतावनी दिने गरेका छन्।
‘तपाईलाई तपाईकै पार्टीका मान्छेहरुले असफल गराउन खोजिरहेका छन् त्यो कुरा बुझनुस’ एमाले नेताहरुले देउवालाइ सुझाव दिएका छन् । स्रोतका अनुसार जवाफमा देउवाले ‘त्यो कुरा बुझेको छु’ भन्ने जवाफ दिनेगर्नु भएको छ ।
स्रोतका अनुसार दुइ नम्बर प्रदेशको चुनाव कात्तिकका लागि सार्ने र आगामी माघ ७ गते सकिने प्रतिनिधिसभाको म्याद एक बर्ष थप्ने गृहकार्य चलिरहेको स्रोतले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ