लाग्छ त्यो बेला साँच्चै अन्धकारमा थिएँ
भ्रमित जिन्दगीको व्यापारमा थिएँ ।
छोरो फ़ेर्छ नौ महिनामा आमाको सिन्दुर
म लाज पचेको नामर्द सरकारमा थिएँ ।
जोख्दै थियो समयले धर्म, कर्म मेरो
मैतिर तेर्सिएको नाङ्गो तरबारमा थिएँ ।
न त इज्जत न त माया पराईको खटन
आफैं सोच म कस्तो घरबारमा थिएँ ।
– शोभा पाठक
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline