जिप दुर्घटनामा दुईजनाको मृत्यु, दुई घाइते

जिप दुर्घटनामा दुईजनाको मृत्यु, दुई घाइते

  • बिहिबार, असार १, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

बैतडी, १ असार । जिप दुर्घटना हुँदा आज बैतडीमा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा बैतडी शिवनाथ–४ सोल्फोलाका ५८ वर्षीय लालसिंह महता र जिप चालक कैलाली अत्तरियाका शिव चौधरी रहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्व शर्माले जानकारी दिनुभयो ।

यस्तै घाइते हुनेहरुमा जिपका साहु कैलाली गोदावरी नगरपालिका–१ का हिक्मत बोहरा र बैतडी मेलौली नगरपालिका–९ विशालपुरका हरीदत्त भट्ट रहेका छन् । घाइतेको स्थानीय शर्माली स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

बैतडीको तल्लोस्वराडको सुल्लेखानबाट कुस्मतघाटतर्फ गइरहेको से१च ११५८ नंको जिप आज बिहान ११ बजे शिवनाथ–२ को बस्कोटी भन्ने ठाउँमा दुर्घटनामा परेको त्यहाँबाट स्थानीय वीरेन्द्र महताले जानकारी दिनुभयोे ।

जिपको अगाडिको बायाँसाइडको चक्का निस्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ । जिप सडकबाट २० मिटर तल खोलामा खसेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ