नदीजन्य पदार्थ निकासीमा आजदेखि पूर्णरुपमा रोक

नदीजन्य पदार्थ निकासीमा आजदेखि पूर्णरुपमा रोक

  • बिहिबार, असार १, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

नवलपरासी, १ असार । नवलपरासी जिल्ला समन्वय समितिले नदीजन्य पदार्थ निकासीमा आजदेखि पूर्णरुपमा रोक लगाएको छ ।

ठेक्का लगाएर खोलाबाट ढुङ्गा गिट्टी र बालुवासहित नदीजन्य पदार्थ उत्खनन तथा निकासीमा रोक लगाएको स्थानीय विकास अधिकारी युवराज कटेलले जानकारी दिनुभयो ।

चालु आवमा लगाइएको ठेक्का सम्झौताअनुसार जेठ मसान्तसम्मका लागि मात्र भएकाले नदीजन्य सामग्री निकासीका सबै कार्य रोक्नका लागि सम्बद्ध निकायसंग आग्रह गरिएको छ ।

अब कुनै पनि खोलामा नियम विपरीत उत्खनन र निकासीका लागि स्काभेटर, टिपर र ट्रयाक्टर प्रयोग गरिएको पाइएमा नियमअनुसार कारबाही गरिने समेत सो समितिले जनाएको छ ।

समितिले चालु आवमा जिल्लाको विभिन्न १७ वटा खोलाका भागमा नदीजन्य सामग्री निकासीका लागि ठेक्का लगाएर करिब रु पाँच करोडभन्दा बढी राजस्व सङ्कलन गरेको थियो । समन्वय समितिका अनुसार सो राजस्व रकमबाट जिल्लाको विकास निर्माणका काममा उक्त बजेट खर्च गरिएको सो समितिले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ