एमालेले तेह्रथुममा उम्मेदवारको टुंगो लगायो

एमालेले तेह्रथुममा उम्मेदवारको टुंगो लगायो

  • बिहिबार, असार १, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

तेह्रथुम, असार १।
नेकपा एमालेले तेह्रथुमका नगरपालिका र चार गाउँपालिका तथा ४३ वटै वडामा उम्मेदवारको टुंगो लगाएको छ ।

एकै पदमा पाँच जनासम्म आकांक्षी भएपछि गाउँ, नगर, जिल्ला हुँदै प्रदेश कमिटी सम्मको रस्सा कस्सीपछि एमालेले जिल्लैभरिका सबै उम्मेदवारको टुंगो लगाएको हो ।
जिल्लाका सबै स्थानीय तहमा गरी २ सय २६ जना उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । एमालेले जिल्लाका ६ वटै प्रमुख पदमा पुरुष उम्मेदवार बनाएको छ भने उपप्रमुखमा एक दलित महिलासहित सबै महिला उम्मेदवार छन् ।

मेन्छ्यायेम गाउँपालिका–१ मा एमालेले दलित महिला सदस्यका लागि उम्मेद्वार नपाएपछि खाली राखेको छ । वडाध्यक्षमा सबै पुरुष मात्रै उम्मेदवार छन् । खुला सदस्यमा पनि तीन जना महिलालाई मात्रै उम्मेदवार बनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ