प्रधानमन्त्रीले आज आयोग पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्रीले आज आयोग पदाधिकारीसँग छलफल गर्दै

  • बिहिबार, असार १, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौ ,१ असार ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरिरहनु भएको छ । आगामी असार १४ का लागि तोकिएको दोस्रो चरणको स्थानीय निर्वाचनबारे अन्योल बढिरहेका बेला प्रधानमन्त्री देउवाले आयोगसँग छलफल गर्न लाग्नु भएको हो ।

सिंहरदरबारस्थित प्रधानमन्त्रीको कार्यलयमा जारी बैठकमा असन्ुतष्ट दललाई निर्वाचनमा सहभागी गराउने पहलस्वरुप भएका छलफलमा उठेका विषयहरुका बारेमा आयोगका पदाधिकारीसँग छलफल हुने बताइएको छ ।

आन्दोलमा रहेको राजपा निर्वाचनमा आउने अवस्थामा केही स्थानमा तेस्रो चरणमा निर्वाचन गर्न सकिने नसकिने भन्ने बारे समेत प्रधानमन्त्री देउवाले आज परामर्श गर्नुहुने उहाँ निकट स्रोतले बताएको छ ।

यस्तै उमेदवारी मनोनयको समय केही दिन पछि सार्ने विषयमा समेत आजको बैठकमा छलफल हुने जनाएको छ । छलफलका लागि प्रमुख निर्वाचन आयुक्तासहित चार आयुक्त र आयोग सचिव गोपिनाथ मैनालीलाई बोलाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ