एजेन्सी । लक्जरी कारहरु र ब्राण्डेड बाईकहरु आफैसँग भएपनि अभिनेता सलमान खानलाई कहिले काही सार्वजनिक यातायातमा यात्रा गर्न पनि मन पर्छ ।
फुर्सद पाउन साथ मुम्बईको सडकमा साईकिलिङ गर्न मन पराउने अभिनेता खान हालै मात्र सिनेमाको छायाकंन सकेर अटोमा घर फर्किए जसले धेरैलाई छक्क बनायो । उनलाइ यसरी सामान्य अटोमा यात्रा गर्नु असामान्य देखिन्छ । तर मंगलबार राती मुम्बईको मेहबुब स्टुडियोमा सिनेमाको छायाकंन गरेर घर फर्कने क्रममा सलमानले अटो यात्रा गरेका छन् । उनीसँगै उक्त अटोमा निर्माता रमेश तैरानी पनि थिए ।
सलमानको यो यात्राका केही तस्बिरहरु भारतीय सञ्चार माध्ययमले सार्वजकि गरेका छन् जसमा उनी आनन्दित मुद्रामा देखिन्छन् । सलमानले यसरी अटो यात्रा गर्नुलाई उनको सौखको रुपमा हेर्न सकिन्छ । किनकी उनी बेला बखतमा सामान्य जीवन जिउन मन पराउँछन् । यो त्यसैको प्रमाण पनि हो । सलमान यतिबेला सिनेमा ट्युबलाईटको प्रमोशन र टाईगर जिन्दा है को छायाकंनमा व्यस्त छन् ।