बन्दको अवज्ञा गरेको भन्दै ल्यापटप फुटाउँदै कार्यक्रम बिथोले

बन्दको अवज्ञा गरेको भन्दै ल्यापटप फुटाउँदै कार्यक्रम बिथोले

  • बुधबार, जेष्ठ ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

गौशाला, ३१ जेठ । मधेस बन्दको बेला बन्दको अवज्ञा गर्दै कार्यक्रम गरेको भन्दै राजपा नेपालले महोत्तरीको सदरमुकाम जलेश्वरमा चलिरहेको एक कार्यक्रममा ल्याप्टप फुटाउँदै कार्यक्रम बिथोलेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार नेपाल मधेस फाउन्डेसनले मङ्गलबार जलेश्वरस्थित रेडक्रस सभाहलमा ‘सामाजिक जवाफदेहिताका लागि औजारसम्बन्धी एकदिने अभिमुखीकरण’ कार्यक्रम गरिरहेको बेला राजपाका आठ÷दश कार्यकर्ता कार्यक्रमस्थलमा गएर तोडफोड गर्दै कार्यक्रम बिथोलेका थिए ।

राजपा कार्यकर्ताले सो कार्यक्रममा प्रयोग गरिएका डेल कम्पनीका आई फाइव ल्यापटप थान एक, कुर्सी थान एक तोडफोड गरेका थिए भने कार्यक्रमको ब्यानर झिकेर आगो लगाएर नष्ट गरेको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो ।

घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट घटनास्थल पुगेका प्रहरी टोलीले थप क्षति हुनबाट जोगाएको थियो भने कार्यक्रम बिथोल्ने र तोडफोड गर्ने राजपा कार्यकर्ता फरार भएको नेपाल मधेस फाउन्डेसन महोत्तरीका संयोजक अर्जुनकुमार साहले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ