बन्दका कारण तराईका जिल्लाको जनजीवन प्रभावित,राजपाका कार्यकर्ता बिहानैदेखि प्रदर्शनमा

बन्दका कारण तराईका जिल्लाको जनजीवन प्रभावित,राजपाका कार्यकर्ता बिहानैदेखि प्रदर्शनमा

  • बुधबार, जेष्ठ ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौ ३१ जेठ ।
स्थानीय तह निर्वाचनमा सहभागी नहुने जनाउदै आन्दोलनको घोषणा गरेको राष्ट्रिय जनता पार्टीले आह्वान गरेको बन्दका कराण आज दोस्रो दिन पनि तराईका जिल्लाको जनजीवन बिहानैबाट प्रभावित बनेको छ ।

वीरगन्जको घण्टाघर, पावरहाउस चोक, गण्डक चोक, बाइपासको नगवा, बाराको कलैया, परवानीपुर, जितुर लगायतका स्थानमा बुधबार बिहानैदेखि राजपाका कार्यकर्ताहरुले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

संविधान संशोधन, स्थनीय तहको संख्या थप, मुद्धा फिर्ता लगायत आफुसंग भएका सहमति कार्यान्वयन नगरि सरकारले चुनाव गर्न खोजेको भन्दै राष्ट्रिय जनता पार्टीले मङगलवारदेखि असार २ गते सम्मका लागि मधेस, थरुहट र लिम्बुवान क्षेत्रमा बन्दको आह्वान गरेको छ ।

आन्दोलनकारीहरुको प्रदर्शनका कारण वीरगन्जको मेनरोडमा रहेका पसलहरु बुधबार दोश्रो दिन पनि बन्द छन् । यस्तै वीरगन्जका सामुदायिक तथा निजी विद्यालय र कलेजहरु बुधबार पनि खुलेका छैनन् । वीरगन्जमा राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले लामो दुरीका भाडाका सवारी साधन चल्न दिएका छैनन् तर मोटरसाइकल, इरिक्सा, रिक्सा र टयाम्पुहरु भने निर्वाध रुपमा चलेका छन् ।

कपिलवस्तु, पर्सा, महोत्तरी, धनुषा, सिरहा, सप्तरी लगायतका जिल्ला बन्दले पूर्ण प्रभावित भएका छन्। बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन सन्चालनमा आउन सकेका छैनन् भने बजार पसल तथा शिक्षण संस्था ठप्प छन् ।

बारा र रौतहटमा भने बन्दको आंशिक प्रभाव परेको छ ।रौतटको गौरमा बन्दको प्रभाव परे पनि अन्य क्षेत्रमा सामान्य प्रभाव परेको बताइएको छ । राजपाका कार्यकर्ताहरु बिहानैदेखि चोक चोकमा निस्किएर प्रदर्शन तथा नाराबाजी गरिरहेका छन्

सरकारले प्रतिवद्धता गरे अनुसार सहमति नगरेको भन्दै रुष्ट बनेको राजपाले निर्वाचन बाहिस्कार गर्दै आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरेको हो ।

सत्तारुढ दलसँग बराम्बर छलफल हुँदा पनि कुनै निष्कर्ष निस्किँन नसकेपछि आफूहरु आन्दोलनमा जान बाध्य भएको राजपाका नेता मनिषकुमार सुमनले जानकारी दिनुभयो ।

संविधान संशोधन, स्थानीय तहको संख्य थप, मुद्धा फिर्ता लगायतका विषयमा भएको सहमति कार्यन्वयन नभएको भन्दै राजपाले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पनि सहभागी नहुने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ