आज विश्व रक्तदाता दिवस नेपालमा मनाइदै

आज विश्व रक्तदाता दिवस नेपालमा मनाइदै

  • बुधबार, जेष्ठ ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं, जेठ ३१।
आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सरोकारवाला निकायले विविध कार्याक्रमको आयोजना गरी मनाउदै छ । दिवसको यस वर्षको नारा ‘रक्तदान गरौँ, अहिले गरौँ, समय समयमा गरौँ’ भन्ने तय गरिएको छ ।

रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा. कार्ल ल्यान्डस टाइनरको जन्मदिन जुन १४ पारेर सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन सुरु गरिएको हो । नेपाल सरकारको निर्णयबाट नेपाल रेडक्रस सोसाइटीले २०२३ साल साउन १२ गतेदेखि संस्थागत रुपमा रक्तसञ्चार कार्यक्रमलाई सञ्चालन गर्दै आएको छ ।

रक्तसञ्चार सेवाको ५० वर्षको इतिहासमा नेपाल रेडक्रस सोसाइटीले विभिन्न रक्तदाता सङ्घसंस्था र स्वयम्सेवी रक्तदाताको सहयोगमा रक्त सङ्कलन गरी आवश्यक सेवा र्पुयाउँदै आएको छ । नेपालमा अहिले देशभरि एक दिनमा झन्डै दुई हजारजना रगतको खोजीमा रक्तसञ्चार केन्द्र पुग्ने गरेको रक्तसञ्चार सेवा केन्द्रको अनुमान छ ।

७२ जिल्लामा १०५ स्थानबाट रक्तसञ्चार सेवा र्पुयाउँदै आएको छ । आवश्यकता र मागबमोजिम केन्द्रीय, क्षेत्रीय, जिल्ला, अस्पताल इकाई र आकस्मिक स्तरको रक्तसञ्चार केन्द्रबाट सेवा र्पुयाउँदै आएको रेडक्रसले जनाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपालमा दुई वर्षअघिको भूकम्पका कारण रगतको माग बढेको र स्वयम्सेवी रक्तदाताको सहयोगले नेपालमा रगतको दीगो व्यवस्थापन गर्न सकिएको भन्दै सहयोगी सबैलाई धन्यावाद दिएको छ ।

यस्तै डब्लुएचओले भविष्यमा आउन सक्ने विपत्तिको अवस्थामा तयार रहनका लागि रक्तदानका लागि अहिले नै अग्रसर हुन सबैसँग आग्रह गरेको छ । विपद कहिले र कहाँ आउँछ भन्ने थाहा नभएपछि त्यस्तो विपदका पीडितलाई रगतको अवाश्यकता पर्ने भएकाले त्यसको पूर्वतयारी अहिले देखि नै गर्नु सबैको कर्तव्य रहेको डब्लुएचओको भनाई छ ।

विश्वका धेरैजसो देशमा देशको जनसंख्याको एक प्रतिशतले रक्तदान गरेमा रगतको आधारभुत माग पुग्ने गरेको छ । यस्तै अहिले विश्वका ५७ देशमा मागको शतप्रतिशत रगत स्वयम्सेवी रक्तदाताबाट संकलन हुने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी