श्रेष्ठ अपहरणबारे छिट्टै सत्यतथ्य बाहिर आउँछ–प्रहरी

श्रेष्ठ अपहरणबारे छिट्टै सत्यतथ्य बाहिर आउँछ–प्रहरी

  • मङ्लबार, जेष्ठ ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

तुलसीपुर, ३० जेठ । मध्यपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विजय कायस्थले तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठका बारेमा चाँडै सत्यतथ्य बाहिर आउने बताउनु भएको छ ।

रिपोर्टर्स क्लब नेपाल दाङले आज तुलसीपुरमा गरेको साक्षात्कारमा उहाँले घटनाका बारेमा सुक्ष्म अध्ययन भइरहेको भन्दै दुई÷चार दिनमै सत्यतथ्य बाहिर आउने बताउनुभयो ।

उहाँले घटनामा महिलाको प्रयोग भएको हुन सक्ने भन्दै तर महिला भए नभएको बारेमा कसैले नदेखेको हुँदा अहिले नै भन्न नसकिने उल्लेख गर्नुभयो ।

घटनापछि दाङ र सल्यान प्रहरी परिचालन गरेर खोजी कार्य तीव्र पारिएको
उहाँको भनाइ थियो ।

सो अवसरमा उहाँले घटनाका बारेमा सूचना दिने व्यक्तिलाई एक लाख पुरस्कार दिने घोषणासमेत गर्नुभयो ।

व्यवसायी श्रेष्ठ गत शुक्रबार बेलुका ८ बजे घरबाट बाहिर निस्कनुभएको र हालसम्म पनि उहाँको अवस्था अज्ञात नै रहेको छ । यसअघि शनिबार उहाँ सवार गाडी सल्याङनको सोलावाङमा बेवारिसे अवस्थामा फेला परेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ