निर्वाचन सार्ने देउवाको प्रस्ताव : माओवादी केन्द्र र एमालेले गरे ठाडै अस्वीकार

निर्वाचन सार्ने देउवाको प्रस्ताव : माओवादी केन्द्र र एमालेले गरे ठाडै अस्वीकार

  • मङ्लबार, जेष्ठ ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाण्डौ ,३० जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी असार १४ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन सार्ने घुमाउरो प्रस्ताव गर्नुभएको छ ।

आज बसेको तीन दलको बैठकमा राष्ट्रिय जनता पार्टीको आन्दोलनलाई देखाएर उहाँले प्रदेश नम्बर २ र ५ मा स्थानीय तहको संख्या बढाएर निर्वाचन गराउन मिति सार्नु पर्ने प्रस्ताव ल्याउनु भएको हो ।

प्रधानमन्त्री देउवाको प्रस्तावलाई सत्ता पक्षको नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल एमालेले अस्वीकार गरेका छन् । सत्ता पक्षका नेता नारायणकाजी श्रेष्ठ र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री देउवाको प्रस्तावलाई ठाडै अस्वीकार गर्नु भएको हो ।

‘राजनीतिक रुपमा केहि अप्ठयारो देखा परयो । चुनाव गर्ने नैहो । राजपालाई पनि निर्वाचनमा ल्याउन पाए हुन्थ्यो ।दुई र पाँच नम्बर प्देशको मिति सारेर स्थानीय तहको संख्या बढाउँदा हुँदैन रु’देउवाको भनाइ उघृत गर्दै बैठकमा सहभागी नेताहरुले अन्नपूर्णसँग भन्नुभयो ।

‘स्थानीय तहको संख्या बढाउन आयोग गठन गर्ने प्रस्ताव ल्याउनु भयो भने तपाई फेरी पनि फस्नुहुन्छ,यस्तो हुनै सक्दैन’ नेता श्रेष्ठले बैठकमा भन्नुभएको थियो ‘राजपा चुनावमा आउने लिखित प्रतिबद्धता जनाउने हो भने असार १४ गतेको मितिलाई कायम राखेर निर्वाचन आयोगसँग परामर्श गरेर उम्मेदवारी मनोनयन गर्ने समय दुई चार दिन सार्न सकिन्छ । त्यो भन्दा बढी केहि गर्न सकिदैन । हामीले गर्न सक्ने अधिक्तम त्यति मात्रै हो ।’

प्रधानमन्त्री देउवाले चुनाव सार्ने प्रस्ताव ल्याएपछि एमाले अध्यक्ष ओली आक्रामक रुपमा प्रस्तुत हुनु भयो । ‘मधेशकेन्द्रित दल चुनावमा भाग लिन्छन भनेर जेठ ३१ गतेका लागि तोकिएको स्थानीय तहको दोस्रो चरणको चुनाव असार १४ गते पुरयाइसक्नुभयो । दुई वटा ऐन हामीले फास्ट ट्रयाकबाट पारित गरिसक्यौ । तर उहाँहरु आउनु भएन’ओलीको भनाई उघृत गर्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अन्नपूर्णसँग भन्नुभयो ‘तपाईले प्रधानमन्त्रीको सपथग्रहण गर्दा असार १४ गते चुनाव गर्ने प्रतिबद्धता जनाउनुभयो । अव सरकारलाई के अप्ठयारो परेको हो भन्नुस । हामी चुनाव यता उता गर्न चाहदैनौ । स्थानीय तहको संख्या थप्न सर्वोच्च अदालतले रोकिसकेको छ । असार १४ गते चुनाव छ,असार १८ गतेसम्मका लागि संसदको बैठक स्थगित भएको छ । कसरी संविधान संशोधन गर्नुहुन्छ रु’

ओली आक्रामक रुपमा प्रस्तुत भएपछि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधवार राजपाका नेताहरुसँग छलफल गर्ने निर्णय सुनाउनु भएको थियो । ‘संविधान संशोधन,स्थानीय तहको संख्या थप र चुनाव सार्न सकिदैन,बाँकी बिषयमा छलफल गर्न सकिन्छ’ बैठकको अन्त्यमा एमाले नेताहरुले भन्नु भएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,काँग्रेस नेताहरु रामचन्द्र पौडेल,कृष्ण सिटौला,बिमलेन्द्र निधि,माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ,एमाले बरिष्ठ नेता माधवकुमार नेपाल,संसदीय दलका उपनेता सुवास नेम्वाङ,उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री बिजयकुमार गच्छादार बैठकमा सहभागी हुनुहुन्थ्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ