राजपाको बन्दका कारण तराईका जिल्लाको जनजीवन बिहानैबाट प्रभावित

राजपाको बन्दका कारण तराईका जिल्लाको जनजीवन बिहानैबाट प्रभावित

  • मङ्लबार, जेष्ठ ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ, ३० जेठ ।
स्थानीय तह निर्वाचनमा सहभागी नहुने जनाउदै आन्दोलनको घोषणा गरेको राष्ट्रिय जनता पार्टीले आह्वान गरेको बनदका कराण आज तराईका जिल्लाको जनजीवन बिहानैबाट प्रभावित बनेको छ ।

बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन सन्चालनमा आउन सकेका छैनन् भने बजार पसल तथा शिक्षण संस्था ठप्प छन् । राजपाका कार्यकर्ताहरु बिहानैदेखि चोक चोकमा निस्किएर प्रदर्शन तथा नाराबाजी गरिरहेका छन्

सरकारले प्रतिवद्धता गरे अनुसार सहमति नगरेको भन्दै रुष्ट बनेको राजपाले निर्वाचन बाहिस्कार गर्दै आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरेको हो । यसअघि हिजो तराईका जिल्ला सदमुकाहरुमा आज मशाल जुलुश प्रदर्शन गरेको थियो ।

सत्तारुढ दलसँग बराम्बर छलफल हुँदा पनि कुनै निष्कर्ष निस्किँन नसकेपछि आफूहरु आन्दोलनमा जान बाध्य भएको राजपाका नेता मनिषकुमार सुमनले जानकारी दिनुभयो ।

संविधान संशोधन, स्थानीय तहको संख्य थप, मुद्धा फिर्ता लगायतका विषयमा भएको सहमति कार्यन्वयन नभएको भन्दै राजपाले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पनि सहभागी नहुने जनाएको छ ।

यसअघि असन्तुष्ट मधेशी दललाई पनि समावेश गर्न भन्दै सरकारले जेठ ३१ का लागि तय दोस्रो चरणको स्थानीय तहको निर्वाचन असार १४ का लागि सारिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ