हेटौंडा, २९ जेठ । नेपाल कम्यूनिष्ट पार्टीले हेटौंडा औद्योगिक क्षेत्रमा रहेको बर्जर पेन्ट्स्ले त्यहाँ कार्यरत कर्मचारीको चरम श्रम शोषण गरेको भन्दै कम्पनी प्रमुखलाई कालोमोसो दलेको छ ।
पेन्ट्स्का प्रमुखलाई कालोमोसो दल्नुका साथै उनले प्रयोग गर्दै आईरहेको बा. ८ च. ८६१७ नम्बरको सवारीमा तोडफोड पनि भएको श्रोतले बतायो ।
कम्पनीले कामदार कर्मचारीलाई चरम शोषण गरेको, श्रम ऐनको पालना नगरेको, राष्ट्रिय पुँजीलाई धरासयी बनाएको, मजदुरको कामको क्षेत्रमा मानव अधिकारको पालना नगरेको, गुणस्तरमा भन्दा विज्ञापनमा जोड दिई उपभोक्तालाई ठगी गरेको दाबी गर्दै नेपाल कम्यूनिष्ट पार्टीले कारवाही गरेको जनाइएकाे छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline