श्री राम बालक्लबको पुनर्गठन

श्री राम बालक्लबको पुनर्गठन

  • सोमवार, जेष्ठ २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 21.7K
    SHARES

२९ जेठ, काभ्रे । काभ्रेको पाँचखाल १३ कोसिदेखास्थित श्री राम माध्यमिक विद्यालयमा बालक्लब पुनर्गठन भएको छ । आज विद्यालयमै सम्पन्न उक्त कार्यक्रमबाट सुमन तामाङको नेतृत्वमा १३ सदस्यीय कार्य समिति चयन गरेको हो ।
क्लबका उपाध्यक्षमा सुजिता थपलिया, सचिवमा समीर नराल, सह सचिवमा मनोज बिक, कोषाध्यक्षमा प्रशंसा तामाङ निर्विरोध चयन भएका छन् । क्लबका सदस्यहरूमा अस्मिता थपलिया, सुस्मिता दियाली, नवीन तामाङ, मनिका तोलाङ्गे, सलिना तामाङ, अनिशा थापामगर, अनिल थापामगर र पूजा तामाङ रहेका छन् ।
क्लबले स्थानीय बाल बालिकाहरूको वृत्ति विकास, सामाजिक जन चेतनामूलक कार्यक्रम, सामाजिक उत्तरदायित्वमूलक क्षेत्र आदिमा विभिन्न कामहरू गर्दै आएको छ ।
जिल्लाकै नमुना सरकारी विद्यालयको रूपमा परिचित यस विद्यालयले विद्यार्थीको प्राज्ञिक क्षमता मात्र नभई सर्वाङ्गीण विकासमा समेत महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ । विद्यालयका प्रधानाध्यापक राजमान तामाङ रहेका छन् भने विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मङ्गलकुमारी थापामगर रहेकी छिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी