आप्रवासी कामदारको समस्या जटिल बन्दैछ : पाठक

आप्रवासी कामदारको समस्या जटिल बन्दैछ : पाठक

  • सोमवार, जेष्ठ २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

धनुषा, २९ जेठ ।

राष्ट्रिय मानवअधिकार आयोगको आयुक्त सदस्य सुदीप पाठकले १० वर्षमा आप्रवासी कामदार नै आफूहरुको मुख्य कार्यक्षेत्र हुने बताउनुभएको छ ।

सोमबार जनकपुरमा राष्ट्रिय मानवअधिकार आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय जनकपुरको आयोजनामा दुई दिवसीय आप्रवासी कामदारको मानवअधिकारसम्बन्धी सम्मेलनको उद्घाटनसत्रमा सदस्य पाठकले आप्रवासी कामदारका समस्या दिनानुदिन जटिल बन्दै गएकाले वैदेशिक रोजगारको अवस्थाबारे सूक्ष्म तरिकाले अध्ययन गरी यसको सम्बन्धमा नीति तथा कार्यक्रम निर्माण गर्नु जरुरी रहेको बताउनुभयो ।

उहाँले थप्नुभयो – “एक वर्षमा ५० जिल्लाबाट वैदेशिक रोजगारका लागि गएका घर परिवारको सकारात्मक प्रगति तथा आयव्यय तथा त्यसबाट उत्पन्न नकारात्मक पक्षसमेतको अध्ययन गरी दीर्घकालीन योजनासँगै सरकारले बजेट छुट्याउन आवश्यक भएको छ ।”

उहाँले अहिले राज्यले आप्रवासी कामदारको सवालमा केही लागू गरेपनि कार्यान्वयन पक्षमा आइनसकेको बताउनुभयो । उहाँले कतारमा रहेका नेपाली कामदारबारे जानकारी दिँदै भन्नुभयो – कतारमा नेपाली कामदार सकुशल छन् । त्यहाँ अहिले १२ महिनाका लागि खाद्यान्न मौज्दात रहेको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

जिल्लास्तरमै वैदेशिक रोजगारका समस्यालाई हल गर्न कार्यालय स्थापना गर्नसमेत उहाँले सरकारलाई सुझाव दिनुभयो । उहाँका अनुसार अहिले वैदेशिक रोजगार विभागमा बर्सेनि दुई हजार १०० उजुरी आउने र १० हजारभन्दा बढी उजुरीको छिनोफानो हुन बाँकी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ