२९ जेठ,काठमाडौं । प्रहरीले सामना साँस्कृतिक परिवारका कलाकारहरुलाई गिरफ्तार गरेपछि जनसांस्कृतिक महासंघका महासचिव थपलियाले विज्ञप्ति निकालेर कलाकार गिरफ्तारीप्रति अापत्ति जनाएका छन् ।अाइतबार राति लाजिमपाटस्थितबाट प्रहरीले ८ जना कलाकारहरुलाई गिरफ्तार गरेको जनसांस्कृतिक महासंघका महासचिव खेल थपलियाले जानकारी दिएका छन् ।गृहमन्त्रीको आदेश भन्दै प्रहरीले कलाकार बसेको घरमा छापा मारेर आरोह नेपाली, बुद्ध लामा, प्रमोद गिरी, दिवाकर, राहुल, राजन, प्रभात र राम गरलाई गिरफ्तार गरेको थियो ।जनसांस्कृतिक महासंघका महासचिव थपलियाले विज्ञप्ति निकालेर कलाकार गिरफ्तारीप्रति अापत्ति जनाएका छन् । उनले गिरफ्तार कलाकारहरुलाई तुरुन्त रिहा गर्न समेत माग गरेका छन् ।थपलियाले माओवादी केन्द्रका नेता तथा गृहमन्त्री प्रभाकरसँग कलाकारलाई गिरफ्तार गर्नुको कारण के हो भन्दै प्रश्न समेत गरेका छन् ।