महोत्तरीमा युवतीको सामूहिक बलात्कार , आरोपीलाई छुटाउन ढुङ्गामुढा प्रहारपछि प्रहरीद्वारा पाँच राउण्ड हवाइ फायर

महोत्तरीमा युवतीको सामूहिक बलात्कार , आरोपीलाई छुटाउन ढुङ्गामुढा प्रहारपछि प्रहरीद्वारा पाँच राउण्ड हवाइ फायर

  • सोमवार, जेष्ठ २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

बर्दिबास ,२८ जेठ ।

महोत्तरी जिल्लाकाे औरही गाउँपालिका-२ फूलबरीयामा अइतबार साँझ एक २१ बर्षीय युवतीमाथि सामुहिक बलात्कार भएकाे छ ।   औरही बजारमा ब्युटीपालर संचालन गर्दै अाएकी युवतीलाई पसल बन्द गरेर घर फर्किने क्रममा युवाको समूहले सामूहिक बालात्कार गरेको हाे ।

पसल बन्द गरेर घर फर्किने क्रममा बाटो डुगेर बसेका युवाको समूहले युवतीलाई सामूहिक बालात्कार गरेको इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेकटर शम्भु पोखरेलले बताउनुभयो ।

‘युवतीको राती उद्धार गरेर हामीले जनकपुर अञ्चल अस्पताल पठाएका छौं,’ इन्स्पेक्टर पोखरेलले भन्नुभयो,‘सामूहिक बालात्कार भएको देखिन्छ । मेडिकल चेकजाँच गरि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा युवतीलाई पठाएका छौं ।’

बालात्कार गरेको आरोपमा गाउँलेहरुले एक जना युवालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । पक्राउ परेकालाई छुटाउन बोलवाला औरही प्रहरी चौकीमा राती साँढे ११ बजे पुगेको प्रहरीले जनाएको छ । छुटाउनको लागि ढुंगामुढा गरेपछि अवस्था अनियन्त्रित भएपछि प्रहरीले ५ राउण्ड हवाई फायर गरेको इन्स्पेक्टर पोखरेलले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ पक्राउ परेकालाई छुटाउन ढुङ्गामुढा गरियो । त्यसपछि पाँच राउण्ड थ्रिनट थ्रि को गोली हवाई फायर गर्नु पर्‍यो । हाम्रो चार जना प्रहरी घाइते भएका छन् ।’ औरहीका स्थानीय रवीन्द्र चौधरीका अनुसार सामूहिक बालात्कारका दोषिलाई कारवाहीको माग गर्दै औरही बजारका व्यपारीले बिहानै देखी बजार बन्द गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ