काठमाण्डौ ,२८ जेठ ।
नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध सामना साँस्कृतिक टोलीका ८ जना कलाकारलाई आइतवार मध्यराती प्रहरीले गिरफ्तार गरेको छ ।
काठमाण्डौको लाजिम्पाटबाट स्थित आफ्नै निवासमा सुतिरहेका उनीहरुलाई प्रहरीले बिना कारण गिरफ्तार गरेको हो ।
पक्राउ पर्नेहरुमा आरोह नेपाली ,बुद्ध लामा ,प्रमोद गिरी , राजन , दिवाकर ,राम ,प्रभात र राहुल रहेको अखिल नेपाल जनसास्कृतिक महासंघले जनाएको छ ।
कम्युनिष्ट पार्टी निकट अखिल नेपाल जनसास्कृति महासंघ अन्तरगतको सामना परिवारको टोली लाजिम्पाटमा रहेको एक घरमा सामुहि रुपमा बस्दै आएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline