एमालेको भेलामा राजपा कार्यकर्ताको हस्तक्षेप, झन्डा जलाइयो कुर्सी फोडियो

एमालेको भेलामा राजपा कार्यकर्ताको हस्तक्षेप, झन्डा जलाइयो कुर्सी फोडियो

  • आइतवार, जेष्ठ २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

राजविराज ,जेष्ठ २८ ।    राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता, कार्यकर्ताले आइतबार राजविराजमा आयोजित नेकपा (एमाले) को कार्यक्रम स्थलमा प्रवेश गरी तोडफोड गरेका छन् ।

राजविराजस्थित साह धर्मशालामा भइरहेको एमालेको नगरस्तरिय अगुवा कार्यकर्ता भेलामा प्रवेश गरेका राजपाका कार्यकर्ताहरुले तुल, ब्यानर, झन्डा, कागजपत्रलगायतका निर्वाचन सामाग्री जलाउनुका साथै कुर्सी तोडफोड गरेका छन् ।

कार्यक्रममा एमालेका अधिकांश नेताहरु तथा राजविराज नगरपालिकाका उम्मेदवारहरुले मन्तव्य राखेर अन्यत्रको कार्यक्रममा बाहिरिएका बेला नारा जुलुससहित राजपाका कार्यकर्ताहरु कार्यक्रमस्थलमा प्रवेश गरेका थिए ।

घटनाको घोर भत्सर्ना गर्दै एमालेले प्रशासनलाई जानकारी दिएर गरिएको कार्यक्रममा सुरक्षा निकायको अनुपस्थितिले आश्चर्यमा पारेको जनाएको छ । निर्वाचनको वातावरण बिगार्न खोज्नेहरुप्रति सचेत रहन र आफ्ना कार्यकर्ताहरुलाई संयम रहन आग्रह गर्दै एमाले नगर कमिटिका अध्यक्ष निरन्जन झाले राजपाको गैरलोकतान्त्रिक कार्यप्रति भत्सर्ना गर्नुभएको छ ।

एमालेले दोषिहरुमाथि आवश्यक कारवाहीको माग समेत गरेको छ ।घटना लगत्तै पुगेको प्रहरी टोलीले झडप हुन र थप क्षति हुनबाट जोगाएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ