संसद बैठक अपरान्हका लागि सर्यो

संसद बैठक अपरान्हका लागि सर्यो

  • आइतवार, जेष्ठ २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाण्डौ, जेठ २८ ।
व्यवस्थापिका संसद्को बैठक केहीबेरमा बस्दैछ । यसअघि दिउँसो १ बजेको लागि बोलाईएको बैठक अपरान्हका लागि सारिएको हो ।

राष्ट्रिय जनता पार्टीलाई चुनाव चिह्नसम्बन्धी विशेष निर्णयसहितको विधेयक आजै संसद्मा पेस गर्ने सरकारको तयारी छ । त्यो विधेयक सबै नियम निलम्बन गरी एकै दिन पारित गर्ने योजनअनुरुप बैठक सारिएको हो ।

नियमित प्रक्रियाबाट विधेयक ल्याउन संसद्मा दर्ता भएको पाँच दिन परिपक्व हुन समय लाग्छ । त्यसमा सैद्धान्तिक छलफलपछि सांसदहरुलाई संशोधन दर्ताका लागि ७२ घण्टाको समय दिनुपर्ने संसद् नियमावलीमा व्यवस्था छ । त्यो सबै हिसाबले विधेयक पारित गराउन कम्तीमा ९ दिन लाग्छ ।

सरकारले नियम निलम्बन गरेर भए पनि विधेयक पास गर्न खोजिरहे पनि राजपाले आन्दोलनमा जाने तयारी गरिरहेको छ । उसले सम्भवतः आज आन्दोलन घोषणा गर्ने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी