२८ माघ ,सल्यान । क्रान्तिकारी पत्रकार संगठनले पत्रकार समाचार लेखेकै कारण सरकारले पत्रकार गिरफ्तार गरेको भन्दै अापत्ति जनाएको छ ।
संगठनको राप्ती ब्युरो संयोजक डिल्लीराज रावतले अाइतबार एक विज्ञप्ति जारी गरेर राप्तीका विभिन्न जिल्लाहरुबाट गिरफ्तार पत्रकारहरुको रिहाईको माग गरेका छ् ।
रावतले समाचार संकलनको क्रममा नेपाल कम्युनिस्ट पार्टीका नेताहरुसँग सामान्य भेट-छलफलकै अाधारमा पत्रकार पुष्टमान घर्ती, राजेन्द्र राउत, यांक पुनलाई हिरासतमा राख्नुका साथै सार्वजनिक मुद्दा चलाएको बताएका छन् । राज्यले प्रेस स्वतन्त्रताको गम्भी उलंघन गरेको भन्दै रावतले विज्ञप्तिमा गिरफ्तार पत्रकारलाई तिरुन्त रिहाईको माग गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
