कांग्रेस उमेदवार टुङगो लगाउने अन्तिम कसरतमा जुट्दै

कांग्रेस उमेदवार टुङगो लगाउने अन्तिम कसरतमा जुट्दै

  • आइतवार, जेष्ठ २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौ ,२८ जेठ ।
आगामी असार १४ मा हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि पार्टीका उमेदवार चयन गर्न नेपाली कांग्रेस शिर्ष तहमा आजपनि छलफल हुदैछ ।

ललितिपूरको सानेपास्थित पार्टी केन्द्रिय कार्यलयमा दिउँसो २ बजेपछि बस्ने शिर्ष नेताहरुको बैठकमा विषेश गरी २ नम्बर प्रद्रेशका स्थानीय तहमा उमेदवार छनोट गर्नेबारे छलफल हुने बताइएको छ ।

कांग्रेसले प्रदेश नम्बर १, ५ र ७ का स्थानीय तहको उमेदवार भने टुङ्गो लगाइसकेको छ । २ नम्बर प्रदेशको स्थानीय तहमा भने उमेदवार टुङ्गो लगाउने विषयमा छलफल हुन सकेको छैन ।

स्थानीय तहबाट उमेदवारको सिफारिस नआएका कारण उक्त प्रदेशमा उमेदवार छनोटमा ढिलाई भएको जनाएको छ । आजको बैठकले प्रदेश नम्बर २ का स्थानीय तहका लागि पार्टीका तर्फबाट उमेदवार टुङ्गो लगाउने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ