ढिस्कोमा पुरिएर एकको मृत्यु, अर्का घाइते

ढिस्कोमा पुरिएर एकको मृत्यु, अर्का घाइते

  • शनिबार, जेष्ठ २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

गोरखा, २७ जेठ । माटोको ढिस्कोमा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपरासी गैंँडाकोट नगरपालिका– ९ थुम्सेका २८ वर्षीय गोविन्द सुवेदीको रहेको छ ।

गोरखाको सिरानचोक गाउँपालिका– ५ छोप्राकस्थित मण्डली माध्यामिक विद्यालयको भवन पुनःनिर्माण गर्दै गर्दा आज बिहान अकस्मात खसेको माटोको ढिस्कोमा पुरिएर उनको मृत्यु भएको हो । ढिस्कोमा पुरिएर घाईते भएका अर्का मजदुर सोही ठाउँका १८ वर्षीय सुवास गन्धर्वको गोरखा जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

भूकम्पले क्षतिग्रस्त मण्डली माविमा जाइका नामक संस्थाले नयाँ भवन निर्माण गरिरहेको छ । भवन छेउको टेवा पर्खालको ढुङ्गा निकाल्ने क्रममाः माटोको ढिस्को खस्दा सुवेदीको मृत्यु भएको प्रधानाध्यापक रुद्रनाथ पोखरेलले बताउनुभयो ।

ढिस्कोले पुरिएका सुवेदी र गन्धर्वलाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि गोरखा अस्पताल ल्याएका थिए । उपचारका क्रममाः सुवेदीको मृत्यु भएको र गन्धर्वको स्वास्थ्यमा भने सुधार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ