उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

  • शनिबार, जेष्ठ २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौँ, २७ जेठ । उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
वाग्मती सफाइ महाअभियानको २१३ औँ हप्तामा आज त्रिपुरेश्वर नयाँपुलमा सफाइ गरि १५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता उमेश बोहराले जानकारी दिनुभयो ।

गुह्येश्वरीमाथिको वाग्मतीमा गरेको १७४ औँ हप्ताको सफाइमा आज गोकर्णेश्वर नगरपालिका वडा नं ५ स्थित वाग्मती नदी किनारमा बनाइएको उद्यानमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

यसैगरी रुद्रमती सफाइको १७२ औँ हप्तामा आज रातोपुल–गौशाला–बत्तीसपुतली राममन्दिर–सेतोपुल हुँदै मैतीदेवी मन्दिरसम्म जनचेतनामूलक घरदैलो अभियान सहित सरसफाइ गरिएको थियो ।

आजको सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता रोहित गिरीले जानकारी दिनुभयो ।

विष्णुमती सफाइको १४४ औँ हप्तामा आज तारकेश्वर नगरपालिकाको वडा नं १० स्थित तारकेश्वर गुम्बामा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २०० भन्दा बढी अभियन्ताको सहभागिता थियो ।
तिलगङ्गास्थित वाग्मती किनारमा गरेको १२१ औँ हप्ताको सफाइमा एक मेट्रिक टन फोहर निकालिएको छ ।

यसैगरी चक्रपथ सफाइको नवौँ हप्तामा आज सामाखुसीचोकबाट पश्चिमतर्फ सफाइ गरी २० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ