काठमाडौ २७ जेठ ।
आगामी असार १४ मा हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उमेदवार चयन गर्न बसेको नेपाली कांग्रेस शिर्ष तहको बैठक निश्कर्षबिहिन भएको छ ।
ललितिपूरको सानेपास्थित पार्टी केन्द्रिय कार्यलयमा आज बिहान बसेको बैठकमा बाकीँ स्थानिय तहको उम्मेदवार छनौटका बिषयमा छलफल भएपनि बिना निश्कर्ष टुङगिएको हो ।
आज राजपासँग छलफल गर्नुपर्ने भएकाले बैठक अर्को दिन बस्ने गरी स्थगित गरिएको नेताहरुले जनाएका छन् ।
आज दुई नम्बर प्रदेश बाहेकका सबै स्थानीय तहमा उमदवारको टुङ्गो लगाउने काग्रेसको तयारी थियो । प्रदेश नम्बर १, ५ र ७ का स्थानीय तहको उमेदवार लगभग टुङ्गो लागेको जनाएको छ ।
२ नम्बर प्रदेशको स्थानीय तहमा भने उमेदवार टुङ्गो लगाउने विषयमा छलफल हुन सकेको छैन । स्थानीय तहबाट उमेदवारको सिफारिस नआएका कारण उक्त प्रदेशमा उमेदवार छनोटमा ढिलाई भएको जनाएको छ ।
कतिपय स्थानीय तहमा उपमहानगरपालिका रहेका जिल्लामा कांग्रेस संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच आ आफ्नो उमेदवार पार्ने होडका कारण ढिलाई भएको स्रोतले बताएको छ ।