एमालेको चुनाव प्रचारको नयाँ शैली : राँगाको टाउको र जिउमा सूर्यचिन्ह पेन्टिङ , रागाँ गाडिमा उम्मेदवार सरर

एमालेको चुनाव प्रचारको नयाँ शैली : राँगाको टाउको र जिउमा सूर्यचिन्ह पेन्टिङ , रागाँ गाडिमा उम्मेदवार सरर

  • शनिबार, जेष्ठ २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

२७ जेठ, झापा ।

पछिल्लो समय सबैभन्दा बढी चुनाव प्रचारमा सामाजिक सन्जालको प्रयोग हुने गरेको पाईएको थियो । तर पछिल्लो समय चुनावी प्रचारका लागि नयाँ–नयाँ शैलीको प्रयोग हुन थालेका छन् ।

तराईमा चुनाव प्रचारको त्यस्तै अनौठो शैली देखियो । झापाको मेचीनगर नगरपालीकामा नेकपा एमालेले चुनावी प्रचारका लागि राँगागाडीको प्रयोग गरे । त्यति मात्र हैन रागाँलाई सूर्य चिन्हले पेन्टिङ नै गराए ।
गाउँमा कृषिजन्य उत्पादन र सामाग्री ओसार पसार गर्न प्रयोग गरिने राँगा गाडी एमालेले चुनावी प्रचार अभियानमा प्रयोग गरेको हो ।

मेचीनगर–४ मा रहेको बाहुनडाँगी बजार आसपासका भित्री गाउँमा प्रचारका लागि राँगा गाडी प्रयोग गरिएको एमाले नगर निर्वाचन परिचालन कमिटीका संयोजक रामचन्द्र उप्रेतीले जानकारी दिए ।

उनका अनुसार ४ वटा राँगा गाडी लिएर उम्मेदवार गाउँ पसेका हुन् । एमालेका तर्फबाट मेचीनगर नगरपालिकाको प्रमुख पदका उम्मेद्वार विष्णु प्रसाईं, महिला नेतृ मीना पोखरेल उप्रेती, युवा नेता राजु कार्की, खेमराज पोखरेल, अर्जुनकुमार कार्कीलगायतका नेताहरु राँगा गाडी चढेर बाहुण्डाँगी पुग्दा सर्वसाधारणले आश्चर्य मानेका थिए ।

गाउँमा छिर्न गाउँकै शैलीमा राँगा गाडीमा चढेर यहाँका नेता मतदाताको भेटघाटमा निस्किएका हुन् । उनीहरुले पञ्चे बाजासहित चुनावी गीत बजाउँदै मतदातासँग नाँचगान समेत गरेका थिए । एमाले कार्यकर्ताले राँगाको टाउको र जिउमा सूर्य्चिन्ह पेन्टिङ गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ