राष्ट्रिय अनुसन्धान विभागलाई गृहमन्त्रीले दिए यस्ताे निर्देशन

राष्ट्रिय अनुसन्धान विभागलाई गृहमन्त्रीले दिए यस्ताे निर्देशन

  • शुक्रबार, जेष्ठ २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ, २६ जेठ । गृहमन्त्री जनार्दन शर्माले राज्यको अनुसन्धान निकाय कमजोर भए राज्य कमजोर हुने भन्दै राष्ट्रिय अनुसन्धान विभाग (राअवि) लाई सशक्त बनाउन निर्देशन दिनुभएको छ ।

आज विभागको निरीक्षणका क्रममा मन्त्री शर्माले विभागका काम कारबाहीलाई प्राथमिकीकरण गरी परिवर्तित प्रविधिलाई आत्मसात् गर्दै राष्ट्रिय सुरक्षामा सहयोग पुग्ने सूचना सङ्कलन, विश्लेषण र मूल्याङ्कनसहित सम्पे्रषण गर्न विभागीय अधिकृत तथा कर्मचारीलाई निर्देशन दिनुभयो ।

उहाँले विभागका कर्मचारीको व्यावसायिक दक्षता र क्षमतामा अभिवृद्धि गरी कार्यगत विशिष्टीकरण गर्ने र विभागलाई राज्यको आवश्यकताअनुरुप सबल र सुदृढ बनाउन ऐन, नियम समयानुकूल परिवर्तन गर्न आफू र सरकारले पहलकदमी लिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो क्रममा विभागका मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मीले विभागले हाल सम्पादन गर्दै आएका कामकारबाही, भावी योजना र अपेक्षाका विषयमा गृहमन्त्रीलाई जानकारी गराउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ