प्रधानसेनापति क्षेत्रीको विश्लेषण , नेपाली सेना र जनताको सम्बन्ध ‘कमरेड माओले भनेझैं छ ’

प्रधानसेनापति क्षेत्रीको विश्लेषण , नेपाली सेना र जनताको सम्बन्ध ‘कमरेड माओले भनेझैं छ ’

  • शुक्रबार, जेष्ठ २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

२६ जेठ,काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले संस्थागत विचार राख्ने क्रममा नेपाली जनता र सेनाबीचको सम्बन्ध माछा र पानीको जस्तो भएको बताएका छन् ।

दोस्रो चरणको स्थानीय चुनाव मिति सन्निकट आइराख्दा सेनापतिले सुरक्षा चुनौतिबारेको जिज्ञासामा सेनापति क्षेत्रीले सो विचार व्यक्त गरेका हुन् । असार १४ को चुनावमा पहिलेको भन्दा सुरक्षा चुनौति जटिल रहेको औल्याउँदै जनताकै सहयोगमा सहज तुल्याउन सकिने बताए ।

सोही प्रसंगमा सेनापति क्षेत्रीले चिनियाँ कम्युनिस्ट तत्कालीन अध्यक्ष माओत्सेतुङले जनता र सेनाबीचको सम्बन्धबारे गरेका परिभाषालाई सम्झेका छन् । बिहीबार एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै क्षेत्रीले भने ‘कमरेड माओले भनेझैं नेपाली सेना र नेपाली जनताको सम्बन्ध भनेको माछा र पानीको जस्तै हो ।’ क्षेत्रीले सेनालाई माछा र जनतालाई पानीको रुपमा परिभाषित गरे ।

प्रधानसेनापतिले माओत्सेतुङको भनाईलाई उदाहरण्को रुपमा पेश गर्दै आत्मसाथ गरेको विषयललाई महत्वकासाथ हेरिएको छ । कम्युनिस्टको दोहोलो काढ्दै उद्यत नेपाली कांग्रेसले सरकारले सरकारको नेतृत्व गरिरहेको बेला क्षेत्रीको उक्त भनाई आएको छ । अर्को प्रसंगमा जनताको साथ पाइएमा जस्तोसुकै सुरक्षा चुनौति हल गर्न सकिने उनको भनाई छ ।

त्यस्तै नेपाली सेनाले सामाजिक र विकाससम्बन्धी महत्वपूर्ण कार्य पूरा गर्दै आइरहेको उनले बताए । गाउँबस्ती पुगेको बेला मन्दिर र विद्यालय मर्मत, जनस्वास्थ्योपचारलगायत थुप्रै जनहित र सामाजिक सेवालाई फुर्सदको बेलामा निरन्तरता दिँदै आइरहेको उनको भनाई छ ।

सेनाले मध्यपश्चिम र पश्चिम क्षेत्रलाई लक्षित गर्दै छिट्टै ठूलो स्तरको अस्पताल संचालन गर्ने योजना तय गरेकाे पनि सुनाए । पहिलो चरणको स्थानीय चुनावमा ३५ हजार सेना मैदानमा खटिएको जानकारी पनि उनले दिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ