२६ जेठ, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुमाथि प्रहरीले धरपकड गरेको भन्दै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले आपत्ती जनाएको छ ।
क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले आज बिज्ञप्ती निकालेर चुनावको सुरक्षाका नाममा कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार गर्ने कार्य नरोकेको भन्दै आप्पती जनाउनु भएको हो ।
चुनावमा भाग लिनु जस्तै बहिस्कार गर्नु पनि लोकतान्त्रिक अधिकार भएको स्मरण गराउदै भन्दै वैद्यले सरकारले तानाशाही प्रवृत्ति देखाएको आरोप लगाउनु भएको छ ।
‘यस प्रकारको अधिकारको उल्लंघन गरी बहिष्कार आन्दोलनमा संलग्न पार्टीका नेता कार्यकर्ताहरुप्रति उक्त प्रकारको व्यवहार गर्नु अत्यन्तै अलोकतान्त्रिक, निन्दनीय र तानाशाही प्रवृत्तिको प्रदर्शन गर्नु हो,’ अध्यक्ष वैद्यले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
वैद्यले नेकपाका नेता कार्यकर्ताहरुलाई धरपकड नगर्न र पक्राउ गरिएका तथा थुनामा राखिएका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई रिहाई गर्न सरकारसँग माग पनि गर्नुभएको छ ।
हेर्नुस बिज्ञप्ती
