चन्द्रनिगाहपुरमा कम्युनिष्ट पार्टीको गतिविधि बढयो , प्रहरी भन्छ : निर्वाचनमा सुरक्षा चुनौती 

चन्द्रनिगाहपुरमा कम्युनिष्ट पार्टीको गतिविधि बढयो , प्रहरी भन्छ : निर्वाचनमा सुरक्षा चुनौती 

  • शुक्रबार, जेष्ठ २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

रौतहट , २६ जेठ ।
नेपाल कम्युनिष्ट पार्टी रौतहटले उतरी क्षेत्र चन्द्रनिगाहपुर तथा चुरे फेदीका बस्तीहरुमा निर्वाचन खारेजी अभियानलाई तिब्र पारेका छन् ।

सो क्षेत्रका स्थानिय जनतासँग छलफल , अन्तरक्रिया तथा जनपरिषद् गठन लगायतका कामलाई तिब्रता दिएको जिल्ला ईन्चार्ज क्षितिजले जानकारी दिए ।

उनले सो क्षेत्रमा भ्रष्टचार तथा घुसखोरीहरु बिरुद्धको कार्वाहि पनि तिब्र पार्दै लगिने जनाएका छन् ।

यता दोस्रोे चरणको स्थानीय चुनावको मुखमा नेकपाको चुनाव बिरोधि गतिबिधि बढ्नुका साथै ठूलो मात्रामा विष्फोटक पदार्थ बरामद भएपछि रौतहट प्रहरीले सुरक्षा चुनौती थपिएको बताएको छ ।

‘स्थानीय चुनावलाई नै लक्षित गरेर विष्फोटक सामग्रीहरु ल्याएको हुनसक्ने आ्रशका गर्दै सुरक्षा ब्यावस्था पनि बढाईएको रौतहटका प्रहरी प्रमुख एसपी यज्ञ विनोद पोखरेलले बताए ।

निकट भविष्यमा हुने निर्वाचनमा राजनीतिक रुपमै अवरोध हुने संकेत पनि हो । त्यसैले प्रहरीले सजगता अपनाउनु पर्ने आवश्यकता देखियो ।” उनले भने

जनतामा डरत्राश र भय उत्पन्न गराउन यस्ता विष्फोटक सामग्रीको प्रयोग गर्ने र निर्वाचनमा कम भन्दा कम व्यक्ति मात्रै सहभागी होस भन्ने उदेश्य उनीहरुको हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको छ ।

केही दिन यताको परिस्थितिले सुरक्षा अवस्थालाई थप बलियो बनाउन र प्रहरी परिचालनलाई बाक्लो बनाउनु पर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ