वैदेशिक व्यापारघाटा सात खर्ब ४७ अर्ब ६६ करोड पुग्याे

वैदेशिक व्यापारघाटा सात खर्ब ४७ अर्ब ६६ करोड पुग्याे

  • शुक्रबार, जेष्ठ २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं ,२६ जेठ ।

नेपालको वैदेशिक व्यापारघाटा सात खर्ब ४७ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । चालू आवको १० महिनामा कुल आठ खर्ब ६९ अर्ब ७० अर्ब रुपैयाँको व्यापार भएकामा आयातमात्रै आठ खर्ब आठ अर्ब ६८ करोड पुगेको छ । यस अवधिमा नेपालबाट ६१ अर्ब दुई करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय परिदृष्यमा आयातको तुलनामा निर्यात नगन्य छ । अत्यावश्यक पेट्रोलियम पदार्थ तथा सवारीसाधन र यसका पार्टपुर्जा आयातले व्यापार घाटा थप उच्च्च बनेको हो ।

पाँच खर्ब ६६ अर्ब रेमिटेन्स

चालू आर्थिक वर्षको १० महिनामा वैदेशिक रोजगारीमा गएका नेपालीले खर्ब ६६ अर्ब रुपैयाँ रेमिटेन्स नेपाल पठाएका छन् । समीक्षा अवधिमा नेपाल भित्रिएको रकम गएको आवको सोही अवधिभन्दा पाँच दशमलव दुई प्रतिशत बढी हो । गएको वर्षको वैशाखसम्म पाँच खर्ब ३८ अर्ब ८७ करोड रेमिटेन्स नेपाल भित्रिएको थियो ।

घट्यो शोधनान्तर बचत

अघिल्लो वर्षको १० महिनासम्ममा एक खर्ब ६६ अर्ब ६३ करोड रहेको शोधानान्तर बचत यस वर्षको सोही अवधिमा ५३ अर्ब ५४ करोडमा सीमित भएको छ । आयातमा भएको उच्च वृद्धि र रेमिटेन्समा आएको कमीका कारण शोधनान्तर बचत घटेको हो ।

मूल्य वृद्धि ३.४ प्रतिशत

चालू आर्थिक वर्षको वैशाखमा मूल्य वृद्धि ३.४ प्रतिशतमा सीमित रहेको छ । गत चैतमा यस्तो मूल्य वृद्धि ३.८ प्रतिशत थियो । चैतभन्दा वैशाखमा वस्तु तथा सेवाको मूल्यमा सामान्य सुधार भएको राष्ट्र बैंकले जनाएको छ । गएको वर्षको वैशाखमा उपभोक्ता मूल्य वृद्धि १० प्रतिशत थियो । गत वर्षको सोही अवधिभन्दा यस वर्ष आपूर्ति व्यवस्थामा आएको सुधारसँगै मूल्य वृद्धि ओरालो लागेको हो ।

समीक्षा अवधिमा खाद्य वस्तुको मूल्य वृद्धि शून्य दशमलव दुई र गैरखाद्य वस्तुको मूल्य वृद्धि ६ प्रतिशत छ । गएको वर्षको वैशाखमा खाद्य वस्तुको मूल्य वृद्धि ९.६ प्रतिशत र गैरखाद्यवस्तुको मूल्य वृद्धि १०.४ प्रतिशत थियो ।

समीक्षा अवधिमा दलहन तथा गेडागुडीको मूल्य वृद्धिमा १३.४, तरकारीमा १३.१ र घिउ तथा तेलहनमा एक दशमलव नौ प्रतिशतले कमी आएको छ । समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य वृद्धिमा भने १२.७ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य १०.७ प्रतिशतले वृद्धि भएको छ ।
क्षेत्रगत आधारमा हेर्दा वैशाखमा काठमाडौंमा सबैभन्दा कम र पहाडमा सबैभन्दा बढी मूल्य वृद्धि भएको छ । हिमालमा यस्तो मूल्य वृद्धि दुई दशमलव आठ प्रतिशत र तराईमा तीन दशमलव ६ प्रतिशत छ । यस्तो वृद्धिदर गत आवको वैशाखमा काठमाडौं उपत्यककामा ११.५ प्रतिशत, तराईमा ८.६ प्रतिशत, हिमालमा ९.१ प्रतिशत र पहाडमा ११ प्रतिशत थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी