चुनाव अघि मन्त्री नपाउने भए पछि कमल थापा देउवाप्रति आक्रोसित

चुनाव अघि मन्त्री नपाउने भए पछि कमल थापा देउवाप्रति आक्रोसित

  • शुक्रबार, जेष्ठ २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

जेष्ठ २६ काठमाण्डौं । जुनसुकै गठबन्धनमा सामेल भएर भए पनि मन्त्री बन्दै आएको राप्रपा नेपालका अध्यक्ष कमल थापा यस पटक देउवा सरकारलाई पनि अन्तिम समयमा समर्थन गर्न पुगेका थिए ।
देउवासगँ भएको अनौपचारीक सहमति अनुसार मन्त्रीमण्डलमा तत्कालै समावेश गरिनु पर्ने तर्क राख्दै राप्रपाले असन्तुष्टी जनाएको छ ।
अहिले ८ सदस्यीय मन्त्रीमण्डलले मात्रै शपथ खाएको छ भने बाकीँ मन्त्रीहरु चुनाव पछि मात्रै थप्ने प्रधानमन्त्री देउवाको अभिव्यक्ति पछि राप्रपा संकटमा परेको छ ।
यसै विषयमा सुझाव दिन राप्रपाले तीन सदस्यीय समिति समेत बनाएको छ । महामन्त्री जयन्त चन्दको नेतृत्वमा कुन्ती कुमारी शाही र दिलनाथ गिरी सदस्य रहेको समिति बनेको छ ।
काग्रेसले प्रतिवद्धता उलंघन गरेको बताएको राप्रपाले सत्तालाई दिएको समर्थन फिर्ता लिन्छ त ? या समर्थन कायम राख्छ त्यो निर्णय केही दिनमा हुने राप्रपाका नेताहरुले बताएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ