दोलाखा वैत्येश्वर गाउँपालिका नाम्दुका उर्मिला तामाङ यतिबेला राजधानीको टिचिङ अस्पतालमा उपचार गरीरहेकी छन् अनुहार र शरीरको । उनको अनुहारको छाला पुरै खुईलिएको छ । त्यो अरु केही नभएर आफ्नै श्रीमान् कुमार तामाङले तातो तेल खन्याए पछि उनको अनुहार खुईलिए पछि ।
गत सोमबार अरुको घरमा मेलापात सकेर घरमा मासु पकाउने तयारी गर्दै गर्दा तातेको तेलको कराई उचालेर उनका श्रीमान् कुमारले खन्याई दिएका थिए । त्यस पछि आगो झोसेर उनलाई थप मार्ने प्रयास गरे पछि छिमेकी नातेदार आएर उर्मिलालाई उद्धार गरी अस्पताल पुर्याएका थिए ।
छातीमा समेत तेलको घाउले समस्यामा परेकी उर्मिलाको शिक्षण अस्पतालमा उपचार जारी रहेको चिकित्सकहरुले बताएका छन् ।
उर्मिलाको २ छोरा र एक छोरी छन् ।
उर्मिलामाथि अमानवीय अपराध गर्ने कुमार अहिले लुकेर कतै बसिरहेको आशकामा प्रहरीले खोजी तीव्र बनाएको छ ।
कुमारले उर्मिलालाई उद्धार गर्ने नातेदारहरुलाई धम्की दिईरहेको बताईएको छ ।