एसइइको नतिजा एक साताभित्र

एसइइको नतिजा एक साताभित्र

  • बिहिबार, जेष्ठ २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

भक्तपुर, २५ जेठ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत चैतमा लिइएको माध्यामिक शिक्षा परीक्षा (एसइइ) को नतिजा सार्वजनिकको अन्तिम तयारी गरेको छ ।
एक साताभित्र नतिजा सार्वजनिक गर्ने तयारीका साथे काम भइरहेको कार्यालयले जनाएको छ । कार्यालयले हाल तथ्याङ्क प्रशोधन र रुजूको काम गरिरहेको परीक्षा नियन्त्रण अम्बिका रेग्मीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जतिसक्दो छिटो नतिजा सार्वजनिक गर्न काम भइरहेको छ, कुनै समस्या आएन भने असारको सुरुमै नतिजा सार्वजनिक गछौँ, नतिजा सार्वजनिक गर्दा कुनै त्रुटि नहोस भनेर काम भइरहेको छ ।”

संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यामिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको कक्षा १० को विगतमा प्रवेशिका (एलएलसी) भनिने परीक्षा माध्यमिक शिक्षा परीक्षामा रुनान्तरण भएको थियो ।
परीक्षामा देशभरबाट दुई लाख ५९ हजार ७३२ छात्र र दुई लाख ७८ हजार ४५० छात्रा गरी कूल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी