कविता -जिन्दगी

कविता -जिन्दगी

  • बिहिबार, जेष्ठ २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 17.8K
    SHARES

– सिरियस रबिन

जिन्दगी यस्तै रहेछ
अनगिन्ती चोट सहेर बाँच्नु पर्ने
जिन्दगी एउटा दोबाटो रहेछ
सुख दुःखको मिलन हुने ।

जिन्दगी कर्कलाको पानी रहेछ
कति खेर पोख्छ थाहा नहुने
जिन्दगी भाग्यरेखा रहेछ
मेटेर मेट्न नसकिने ।

जिन्दगी गन्तव्य रहेछ
वेदनाको भारी बोकी यात्रा गर्नु पर्ने
जिन्दगी सिमलको भुवा रहेछ
कति खेर उडेर जान्छ थाहा नै नहुने ।

जिन्दगी व्यथा रहेछ
कति खेर दुख्छ थाहा नहुने
जिन्दगी औँसीको रात रहेछ
जता ततै अन्धकार हुने ।

जिन्दगी उडेको बेलुन रहेछ
कहाँ पुगेर फुट्छ थाहा नहुने
जिन्दगी बादल रहेछ
धुम्म भई टोलाइ रहनु पर्ने ।

जिन्दगी नदी रहेछ
सलल बगूँभन्दा डाँडै डाँडाले छेक्ने
जिन्दगी बादलपारिको घाम रहेछ
कति खेर डुब्छ थाहा नहुने ।

जिन्दगी मुटु रहेछ
कति खेर दुख्छ, पोल्छ थाहा नहुने
जिन्दगी बाध्यता रहेछ
हृदय दुःख र वेदनाले भरिए पनि
दुनियाँको सामु मुस्कुराउनु पर्ने ।

सारमा जिन्दगी त
राजा मिदास र सिसिफसको मिथ पो रहेछ
जति पाउँछु भन्यो त्यति नै गुमाउनु पर्ने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी