जिशिअ कल्पनाले लेखिन यस्तो स्टाटसः ‘‘दलितको स्वभाव देख्दा बान्ता हुन्छ’, चौतर्फी आलोचनापछि मागिन् क्षमा !

जिशिअ कल्पनाले लेखिन यस्तो स्टाटसः ‘‘दलितको स्वभाव देख्दा बान्ता हुन्छ’, चौतर्फी आलोचनापछि मागिन् क्षमा !

  • बिहिबार, जेष्ठ २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

२५ जेठ,काठमाडौं । कल्‍पना घिमिरे सरकारको जिम्मेवार व्यक्ति हुन् । ज्ञानको ज्योति छर्ने सरकारी निकायको प्रमुख समेत छन् । उनी प्युठान जिल्लाको जिल्ला शिक्षा अधिकारी हुन् ।

जिम्मेवार व्यक्तिले अाफ्नो ओहोदाको समेत मर्यादा नराखि सार्वजनिक रुपमा अभिव्यक्ति दिँदा पटकपटक अालोचना  हुने गरेको छ । जिशिअ घिमिरे पनि केही दिन पहिले दलित समुदायलाई नै अपमानित महशुस हुनेगरी फेसबुकमा स्टाटस लेखिन् । त्यही स्टाटसका कारण उनको चौतर्फी अालोचान भयो । यतिसम्मकी दलित र गैर दलित सबैले उक्‍त स्टाटसको निकै विरोध गरे ।

दलित अगुवाहरुले सरकारको माथिल्लो पदमा रहेका व्यक्तिहरुको यस्तै बुझाइका कारण समाजमा जातीय भेदभाव भएको भन्दै जिशिअ घिमिरेको अभिव्यक्तिप्रति अापत्ति जनाएका छन् ।

महिला जिशिअ भन्दै सबैको माया-सम्मान पाएकी घिमिरेको सामाजिक सञ्जालमा विरोधको ओइरो लाग्यो । उनले माफी नमागी सुखै भएन । बुधबार जिशिज घिमिरेले क्षमा मागेकी छन् ।

‘…भावना एंव संवेदनशीलतामा असर पर्न गएकोमा त्यसप्रति म क्षमाप्रार्थी छु’ घिमिरेले लेखेकी छन् ।

जिशिअ घिमिरेले अाफूले अाफ्नो जन्मदिन मनाउने नगरेको भन्दै एक जनाले जन्मदिन भनेर मरिहत्ते गरेपछि दलित भनेर नअाएको भन्दै अारोप लाग्ने डरले गएको तर अाजभोलि उनको स्वभाव देख्दा बान्ता अाउने गरेको लेखेकी छन् ।

यस्तो छ सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको कल्पनाको स्टाटस । 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ