२५ जेठ ,काठमाडौँ ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले प्युठानबाट पक्रमउ परेकी संगठनकी अध्यक्ष बन्दु चन्दलाई तत्काल रिहाई गर्न माग गरेको छ ।
अनेम संघ (क्रान्तिकारी)की महासचिव धीरिन्द्रा उपाध्यायले आज बिज्ञप्ती निकालेर आफ्नो संगठनको अध्यक्ष चन्दको रिहाईको माग गरेकी हुन् ।
संगठनको कामको सिलसिलमा प्युठानमा सामान्य छलफल गरिरहेको बेला प्रहरीले गिरफ्तार गरेको घटनप्रति संगठनको ध्यानाकर्षण भएको भन्दै चन्दलाई तत्काल रिहा नगरिए कडा प्रतिरोधमा उत्रने चेतावनी समेत दिएकी छन् ।
उपाध्यायले लोकतान्त्रिक गणतन्त्रले दिएको नागरिक मौलिक अधिकारको गम्भीर उल्लंघन गरेको बताएकी छन् ।
‘कथित लोकतान्त्रिक गणतन्त्रले दिएको नागरिकको मौलिक अधिकारलाई समेत गम्भीर उल्लंघन गरी दैशैभरि हाम्रो संगठनका नेता, कार्यकर्ता, समर्थक, सर्वसाधारणलाई समेत पञ्चायती शैलीमा दमन, धरपकड र गिरफ्तार गरिएको छ । यो घटनाले हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ ।
महासचिव उपाध्यायले अध्यक्ष बन्धु चन्दलगायत गिरफ्तारीमा गरिएका नेता, कार्यकर्तालाई तुरुन्त रिहा गर्न जोडदार माग गरेकी छन् । उनले विना सर्त तत्काल रिहाई नगरे राज्यविरुद्ध प्रतिरोध गर्ने चेतावनी समेत दिएकी छन् ।
यसअघि बुधवार नै सचिव ईन्दिरा मिश्रले पनि बिज्ञप्ती जारी गर्दै पक्रा परेका नेतालार्इै तत्काल रिहा गर्न माग गरेकी थिइन् ।
