पैसा फोटोकपी गरेर बैंकमा राख्दै सक्कलि नाेट लिदै , कर्मचारीले नै थाहाँ पाएनन् !

पैसा फोटोकपी गरेर बैंकमा राख्दै सक्कलि नाेट लिदै , कर्मचारीले नै थाहाँ पाएनन् !

  • बिहिबार, जेष्ठ २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

बुटवल , २५ जेठ ।

पैसा फोटोकपी गरेर बुटवलको मिलनचोकमा रहेको प्रभु बैंकबाट नक्कली पैसाको कारोबार गर्ने एक युवक नक्कली नेपाली नोटसहित बुटवलबाट पक्राउ परेका छन् ।

बैंकमा नियमित रुपमा नक्कली नोट जम्मा गरेको सूचनाका आधारमा मंगलबार राति ती युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकामध्ये बुटवलको दविनगरमा बस्दै आएका २१ वर्षीया सन्तोष मल्ललाई उनकै निवासबाट नियन्त्रणमा लिएको हो । उनको साथबाट प्रहरीले एक हजार दरको नोट ३ सय ४९ र ५ सय दरको नोट १ सय ५ थान प्रहरीले बरामद गरेको छ ।

नगदसँगै प्रिन्टर, ल्यापटप, पैसा छाप्ने कागजहरु नियन्त्रणमा लिएको छ । अर्फन हेल्पिङ नामक संस्था सञ्चालन गरेका मल्लको बुद्धनगरको डेरा र अफिसबाट सो नगद बरामद गरिएको हो । बरामद नगदमध्ये १ लाख १५ हजार प्रभु बैंकमा जम्मा भएको थियो ।

पहिलो पटक एक लाखको गड्डीमा एक हजार, दोस्रो पटकमा १४ हजार रुपैया उनले बैंकमा जम्मा गरेका थिए । बैंकका कर्मचारीले दुई पटक नक्कली नोट जम्मा गर्दा समेत पत्तो नपाएपछि उनले एक लाख नै बैंक काउण्टर पुर्‍याएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले बताउनुभयो।

तेस्रो पटक आफ्नो खाताबाट एक लाख निकालेर सक्कली पैसा खल्तीमा राखी नक्कली पैसा फिर्ता गररे ५ सय दरको नोट बैंकसँग मागेर घर लगेका थिए । निकै चनाखो शैलीमा साटिएको नोट बैंकका कर्मचारीले पछिमात्रै पत्तो पाएर प्रहरीलाई खबर गरे । अन्तिम पटक मल्लले जेठ २२ मा एक लाख साटेका थिए।

प्रहरी नियन्त्रणमा रहेका मल्लले बुटवलका केही व्यक्तिहरुको प्रोफाइल सहितको पुस्तक निकालेर पैसा संकलन गर्दै आएका थिए । उनीसँग अरु संलग्नता रहेको नरहेको विषयमा अनुन्धान जारी रहेको बताइएको छ ।

नक्कली नोट अपचलन गरेको अभियोग प्रमाणित भए मुलुकी ऐन २०२० खोटाचलनको महलको ४ नम्बर विगो बमोजिमको जरिवाना तथा दश वर्ष कैदको व्यवस्था रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी