रुकुम, २४ जेठ । नेपाल कम्युनिष्ट पार्टी रुकुमका १९ जनालाई रिहा गरेलगत्तै आज फेरि पक्राउ गरिएको छ ।
वैशाख १९ गते पक्राउ परेका नेकपाका जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढासहित १९ जनालाई जिल्ला प्रशासन कार्यालयले धरौटीमा रिहा गरे पनि उनीहरुलाई फेरि प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले दोस्रो चरणको निर्वाचन नसकिँदै रिहा भए फेरि पक्राउ गर्ने निर्देशन आएको बताए । “उनीहरु धरौटीमा रिहा भएका थिए प्रहरी निरीक्षक रजालीले भन्नुभयो, “तर दोस्रो चरणको निर्वाचनमा पनि उनीहरुले असर पु¥याउनसक्ने अनुमान गरिएकाले फेरि पक्राउ गरिएको हो ।”
आगामी असार १४ गते हुने स्थानीय तह निर्वाचनको सुरक्षा चुनौती नेकपालाई लिएको प्रहरीले उनीहरुको गतिविधिप्रति निगरानी बढाइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline