कम्युनिस्ट पार्टीको चेतावनीपछि एनसेलले तिर्यो कर, २० अर्ब तिर्न अझै बाँकी

कम्युनिस्ट पार्टीको चेतावनीपछि एनसेलले तिर्यो कर, २० अर्ब तिर्न अझै बाँकी

  • बुधबार, जेष्ठ २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

२४ जेठ,काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दिएको चेतावनीको करिब एक वर्षपछि एनसेलले कर बुझाएको छ । अर्बौ रुपैयाँ बढी कर छल्दै आइरहेको नीजि क्षेत्रको मोवाइल फोन सेवा प्रदायक कम्पनी एनसेलले अन्ततः कर तिर्न बाध्य भएको छ । एनसेलले यही सोमबार १३ अर्ब ६० करोड रुपैयाँ लाभकर सरकारलाई तिरेको छ ।

जनतासँग उठाएको पैसाको निश्चित कर नतिरेर राज्यलाई ठगी गरेको भन्दै नेकपाले वर्षदिन पहिले देशभर एनसेलको २८ वटा टावरमाथि क्षति पुर्याएको थियो । त्यसपछि एनसेलका एक प्रतिनिधि टोलीले नेकपाका केन्द्रीय टिमसँग भेट गरी चालू आ.व.भित्र पूरै मात्रामा कर तिर्ने प्रतिवद्धता व्यक्त गरेको थियो । सोहीबमोजिम आ.व. ०७३/०७४ को अन्त्यमा तिरेको हो ।

‘हामीसँग पूरै कर तिर्ने भन्ने प्रतिवद्धता जनाएको थियो, तर उसले थोरै मात्रा तिरेको छ । बाँकी सबै तुरुन्त तिर्नुपर्छ’ नेकपा एक केन्द्रीय सदस्यले भने । पूरै कर नतिरे एनसेलले बेइमानी गरेको ठहरिने उनको तर्क छ ।

एनसेलले नेपाली जनताबाट सेवाको नाममा अर्बौं रुपैयाँ असुलेर राज्यलाई कर नतिर्ने र नगद विदेश पलायन गरिराखेकोले जनताको अनुरोधमा त्यतिबेला एनसेलमाथि कारवाही गरिएको उसले जनाएको थियो । त्यसपछि पनि उसले कर तिर्न पटकपटक पहल जारी राख्दै आएको छ ।

एनसेलले छली गरेको लाभकर ४४ अर्ब रुपैयाँमध्ये दुईपटक गरी २३ अर्ब ६० करोड तिरेको छ । अब तिर्न बाँकी २० अर्ब ४० करोड रुपैयाँ पनि तत्काल तिर्न नेकपाले आग्रह गरेको छ । साथै उसले एनसेलले जनसत्तालाई पनि कर तिर्नुपर्ने र सरकारले तिरेको करको प्रमाण दिन पनि भनेको छ ।

पटकपटक खरिदबिक्री हुँदै आइरहेको एनसेल अहिले अजियाटा कम्पनीले संचालन गरिहेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी