हामीलाई जनप्रतिनिधिका रुपमा चुनिने सुनिश्चितता होस् !

हामीलाई जनप्रतिनिधिका रुपमा चुनिने सुनिश्चितता होस् !

  • बुधबार, जेष्ठ २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौँ, २४ जेठ । राष्ट्रिय अपाङ्ग महासङ्घ–नेपालले आगामी निर्वाचनमा अपाङ्गता भएका व्यक्तिलाई समानताको हक र समावेशी सिद्धान्तका आधारमा प्रतिनिधित्वको सुनिश्चितता गराउन पहल गरिदिन निर्वाचन आयोगसँग माग गरेको छ ।

महासङ्घका तर्फबाट उपाध्यक्ष टीका दाहालको नेतृत्वमा आएको टोलीले आयोगका प्रवक्ता सूर्यप्रसाद शर्मालाई आज बुझाएको ज्ञापनपत्र अपाङ्गता भएका व्यक्तिको निर्वाचनमा सहज पहुँचको स्थितिलाई हेर्दा विगतको निर्वाचनमा अशक्त र अपाङ्गता भएका व्यक्तिले मतदान प्रक्रियामा भाग लिँदै आएको सुविधासमेत कटौती भएको उल्लेख छ ।

आगामी स्थानीय तहको निर्वाचनमा अपाङ्गता भएका व्यक्तिलाई उम्मेदवारका रुपमा निर्वाचनमा भाग लिएका सबै राजनीतिक दलले उठाई जनप्रतिनिधिको रुपमा चुनिने सुनिश्चितता गर्न पनि विज्ञप्तिमार्फत जोडदार माग गरिएको छ ।

एकाघरका परिवारका सदस्यसँग राजनीतिक विचार एउटै नहुन सक्ने पक्षलाई गम्भीररुपमा हेक्का गरेर दृष्टिविहीन वा शारीरिक रुपले अशक्त व्यक्तिलाई इच्छाएको व्यक्तिबाट मतदान गर्ने व्यवस्था मिलाउन पनि महासङ्घले आयोगलाई सुझाव दिएको छ ।

मतदानस्थल वा केन्द्रमा ज्येष्ठ नागरिक, गर्भवती महिला, अपाङ्गता भएका व्यक्तिले कहाँ मतदान गर्ने र लाइनमा बस्ने भन्नेबारे स्पष्ट देखिने गरी सूचना टाँसको व्यवस्था मिलाउन आग्रह गर्दै महासङ्घले त्यस्ता स्थानमा साङ्केतिक भाषा र दोभासेको पनि व्यवस्था मिलाउन सुझाव दिएको छ ।

मतदानस्थल र मतदान केन्द्र अपाङ्गतामैत्री बनाउन आवश्यक रहेको बताउँदै उपाध्यक्ष दाहालले भन्नुभयो– पहिलो चरणमा भएका कमीकमजोरीलाई मूल्याङ्कन गरी सच्याउन सक्नु पर्दछ ।

सो अवसरमा आयोगका प्रवक्ता शर्माले हामी सबै नेपालीको महाअभियानको रुपमा हँुदै गरेको दोस्रो चरणअन्तर्गतको स्थानीय तहको निर्वाचनलाई सफल तुल्याउने सन्दर्भमा सहयोग पु¥याउन आग्रह गर्नुभयो ।

नेपालको जनगणना २०६८ अनुसार मुलुकमा अपाङ्गता भएका व्यक्तिको सङ्ख्या पाँच लाख १३ हजार ३२१ छ । हाल मुलुकमा अपाङ्गता भएका व्यक्तिको हकअधिकार संरक्षण र सम्वद्र्धन गर्ने भनी खोलिएको सङ्घ संस्थाको सङ्ख्या मात्रै पनि ३३१ रहेको महासङ्घले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ