काठमाण्डौ ,२४ जेठ ।
नवनिर्वाचित प्रधानमन्त्री देउवाले आज सानो आकारको मन्त्रीपरिषद गठन गर्दै हुनुहुन्छ ।
आफ्नै पार्टी र सत्तासहयात्री दलसंग छलफलपछि देउवाले पहिलो चरणमा आज ८ सदस्यीय मन्त्रीमण्डल बनाउन लाग्नुभएको हो ।
कंग्रेसबाट ३, माओवादी केन्द्रबाट २, तथा राप्रपा र नेपाल लोकतान्त्रिक फोरमबाट १ र १ जना राखेर पहिलो चरणमा आज ८ सदस्यीय मन्त्रीमण्डल बनाउने तयारी भएको कंग्रेस नेता मिन वहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
मन्त्रालयको भने टुङ्गो लागिसकेको छैन ।
कंग्रेसबाट गोपालमान श्रेष्ठ, ज्ञानेन्द्र बहादुर कार्की र महेश आचार्य आज मन्त्रीमण्डलमा सहभागी हुने संभावना छ । यस्तै माओवादी केन्द्रले पहिलो चरणको मन्त्रीमण्डलमा टोपवहादुर रायमाझी र प्रभु शाहलाई पठाउने तयारी गरेको छ ।
नेपाल लोकतान्त्रिक फोरमबाट भने अध्यक्ष विजय गच्छदार उपप्रधान सहित सरकारमा सहभागी हुने बताईएको छ । राप्रपाबाट भने मन्त्रीमण्डलमा जानेको टुङ्गो लागिसकेको छैन । उपप्रधानमन्त्री सहित अध्यक्ष कमल थापा नै सरकारमा सहभागी हुने वा अन्यलाई पठाउने भन्नेबारेमा टुङ्गो लाग्न सकेको छैन ।
सत्तासाझेदार दलबीच भएको सहमति अनुसार बर्तमान सरकारमा ४ उपप्रधानमन्त्री हुने भएका छन् ।