कतारमा रहेका नेपालीलार्इ अप्ठ्यारो छैन् : दुतावास

कतारमा रहेका नेपालीलार्इ अप्ठ्यारो छैन् : दुतावास

  • बुधबार, जेष्ठ २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौ ,२४ जेठ ।

कतारस्थित नेपाली द्तावासले कतारमा रहेका नेपालीलाई कुनै समस्या आइ नसकेको र परिस्थिती सामान्य रहेको जनाएको छ ।द्तावासले मंगलबार  पराष्ट्र मन्त्रालयलाई गरेको पत्राचारमा कतारस्थित नेपालीलाई कुनै समस्या नआएको उल्लेख छ । कतारस्थित नेपाली राजद्त रमेश कोइरालाले नियमित रुपमा कतारी बिदेश मन्त्रालय लगायत निकायसंग समन्वय गरी परिस्थितीको जानकारी लिइरहेको दोहास्थित द्तावास उपप्रमुख मणिरत्न शर्माले अन्नप्र्णलाई टेलिफोनमा जानकारी दिनुभयो ।

कतारी बिदेश मन्त्रालयले त्यहाँ रहेका बिदेशी राजद्तहरुलाई मंगलबार पछिल्लो अवस्थाबारे ब्रिफिङ् दिएको थियो । राजद्त कोइरालाले उक्त ब्रिफिङमा सहभागिता जनाउनुभएको थियो । ब्रिफिङ्मा कतारी बिदेश मन्त्रालयका अधिकारीहरुले कतारमा मानवीय संकट नआउने र बिदेशी कामदारलाई कुनै समस्या नआउने राजद्तहरुलाई जानकारी गराएका थिए । कतारमा हाल चार लाख नेपाली कार्यरत छन् ।

सरकारले खाडी मुलुकहरुले कतारसंगको जल, स्थल र हवाई सम्पर्क बिच्छेदको घोषणा गरेपछि त्यहां रहेका नेपालीलाई आउन सक्ने समस्याबारे सतर्क रहन खाडीस्थित नेपाली द्तावासहरुलाई निर्देशन दिएको थियो । कतारसंग जल, स्थल र हवाई सम्पर्क टुटाएको घोषणा अन्य खाडी देशले गरेपछि त्यहां हाहाकार हुनसक्ने र त्यसले मानवीय संकट उन्पन्न हुनसक्ने हुंदा त्यसप्रति सचेत रहन परराष्ट्रले द्तावासलाई भनेको छ ।

इत्तेहाद एयरलाइन्सले युएई हुंदै कतार जाने विमानसेवा भने सोमबारदेखी नै बन्द गरेको छ । जसका कारण अब कतार जान चाहने नेपाली कामदार प्रभावित हुने भएका छन् । खाडी क्षेत्रको परिस्थिती बुझ्न र त्यसबारे मन्त्रालयलाई जानकारी गराउन परराष्ट्रले खाडीस्थित सबै नेपाली द्तावासहरुलाई सोमबारै निर्देशन दिएको छ । साउदी अरेबिया, कुवेत, युएई, इजिप्ट, बहराइन तथा यमनमा ठ्लो संख्यामा नेपालीहरु छन् । कतारमा रंगशाला निर्माण लगायत प्र्वाधार विकासका परियोजना निर्माणमा नेपाली छन् ।

कतारले आतंकवादलाई प्र श्रय दिएको भन्दै उसंग साउदी अरेबिया, इजिप्ट युएई र बहराइनलगायतले कुटनीतिक संबन्ध बिच्छेद गरेको घोषणा गरेसंगै खाडी क्षेत्रमा संकट आउनसक्ने अन्र्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन्। कतार खाडी क्षेत्रमा सानो तर समृद्द मुलुक मानिन्छ । कतारले आतंकवादी संगठनहरु इस्लामिक स्टेट (आइएस) र अल काइदालाई प्र श्रय दिएको तथा खाडी मुलुकमा अस्थिरता उत्पन्न गरेको अरु खाडी मुलुकले आरोप लगाएपनि कतारले भने सो आरोपको खण्डन गरेको छ । साउदीको प्रमुख बिरोधी मुलुक इरानसंग कतारले संबन्ध बढाएको आरोप समेत ती मुलुकले कतारमाथि लगाएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ