काठामाडौँ, २४ जेठ ।
आजदेखि सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीशका रुपमा गोपाल पराजुलीले कार्यभार सम्हाल्दै हुनुहुन्छ ।
प्रधानन्यायाधीशमा सुशीला कार्की उमेर हदका कारण मंगलवारदेखि सेवानिवृत्त भएपछि आजबाट वरिष्ठ न्याधिस पराजुलीले कामु प्रधानन्यायधिसको कार्ययभार सम्हाल्न लाग्नुभएको छ ।
सर्वोच्च अदालतको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश बन्नुभएकी कार्की उमेर हद (६५ वर्ष)का कारण सेवानिवृत्त हुनुभएको थियो ।
प्रधानन्यायाधीशमा पराजुलीलाई न्यायपरिषद्को बैठक बसी सिफारिस गर्ने र संसदीय सुनुवाइ प्रक्रिया भने अघि बढ्न सकेको छैन ।
प्रधानन्यायाधीश कार्कीले अवकाशको दुई दिनअघि भावी प्रधानन्यायाधीसमा सर्वोच्चका वरिष्ठतम न्यायाधीश पराजुली, दीपकराज जोशी, ओमप्रकाश श्रेष्ठ, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशमशेर जबरा र जगदीशप्रसाद शमालाई सिफारिस गर्नुभएको थियो ।
सिफारिसमा परेका सबैको नाम संवैधानिक परिषद्को सचिवालयमा दर्तासमेत भएको स्रोतले बताएको छ । परिषद्को बैठक नै नबसी नाम सिफारिस गर्न नपाइने भन्दै महान्यायाधिक्ता रमणकुमार श्रेष्ठले प्रधानन्यायाधीश कार्कीले संवैधानिक परिषद्मा गरेको सिफारिसपत्र अवैधानिक भएको बताउनु भयो ।