पार्टीले जित्ने कुरा ठुलो लाग्न छोड्योः प्रचण्ड

पार्टीले जित्ने कुरा ठुलो लाग्न छोड्योः प्रचण्ड

  • मङ्लबार, जेष्ठ २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाण्डौ ,२३ जेठ ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफुलाई पार्टीले जित्ने कुरा ठुलो लाग्न छाडेको बताउनु भयो ।

ब्यावस्थापिका संसदमा संबोधन गर्दै प्रधानमन्त्री दाहालले संबिधानसभा निर्वाचनका क्रममा एकताका आफ्नो पार्टी पहिलो बनेको र पछि फेरी तेस्रो बनेको भन्दै अब निर्वाचनमा कुन पोजिसन आउछ भन्ने ठुलो लाग्न छोडेको बताउनु भयो ।

अहिलेको स्थानिय तह निर्वाचनमा पनि आफ्नो पार्टी गणितीय हिसावमा कुन पोजिसनमा आयो भन्दा पनि जनताको एजेण्डा पास भए भन्ने कुरा महत्वपूर्ण रहेको बताउनु भयो ।

उहाँले अब दोस्रो चरणको निर्वाचन पनि गरेरै छोड्नु पर्नेमा जोड दिनुभयो । आफ्नो पार्टी गणितिय रुपमा हिसाव गरेर अगाडि नबढेको र अब पनि त्यसो नगर्ने भन्दै उहाँले जस्तोसुकै परिणाम आएपनि दोस्रो चरणको निर्वाचन गराएरै छाड्नुपर्ने बताउनु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी