काठमाण्डौ ,२३ जेठ । भनिन्छ राजनीतिमा स्थायी शत्रु र मित्र कोही पनि हुदैनन् । अन्ततः माओवादी र काग्रेसको साझेदारी पनि यही रुपमा अघि बढेको छ । २०५२ साल फागुण १ मा शेर बहादुर देउवालाइ नै ५१ सुत्रीय माग पत्र बुझाएको माओवादीले अन्ततः आफ्नो माग पूरा नभएको भन्दै युद्ध शुरु गरेको थियो ।
त्यस बखत माओवादीले देउवा सरकारको कडा विरोध गर्ने गरेको थियो । उनले माओवादीलाई तीन महिनामै तह लगाउने भने पनि अन्ततः युद्ध बढ्दै गयो । २०५२ साल भदौ २७ मा उनी प्रधानमन्त्री भएका थिए । त्यस पछि देउवा दोस्रो पटक प्रधानमन्त्री भएका थिए २०५८ सालमा । त्यस बेला दरबार हत्याकाण्ड पछि राजा बनेका ज्ञानेन्द्र शाहले उनलाई चुनाव गराउन असक्षम भएको आरोप लगाउदै संसद विघटन गरेर उनलाई प्रधानमन्त्रीबाट अपदस्त गरेका थिए । त्यही सत्तासीन भएको समयमा देउवाले माओवादी विरुद्ध कडा कदम चाले उनले प्रचण्ड बाबुराम सहितका नेताको टाउको ल्याउनेलाई ५० लाख सम्म दिने घोषणा गरे । यो घोषणाको विरोध चौतर्फी रुपमा भयो । त्यस पछि ६१ सालमा पुनः उनै ज्ञानेन्द्र शाहले देउवालाई प्रधानमन्त्री बनाए । तर त्यो पनि लामो समय टिकेन । माघ १९, २०६१ सालमा कु गरी सत्ता हत्याए पछि देउवा पुनः प्रधानमन्त्रीबाट बर्खास्तीमा परे ।
उनले कडा राजनीतिक संघर्ष गरेका गिरीजा प्रसाद कोईरालाको निधन पछि भने उनलाई दाहोरो फलिफाप भएको छ । उनी एकातिर पार्टी सभापति बन्न सफल भए भने दोस्रो उनी सजिलो सगँ प्रधानमन्त्री हुदैछन् । त्यो पनि आफूले कमजोर ठानेको, टाउकोको मुल्य तोकेको माओवादीकै समर्थन र सहयोगमा ।
यद्यपि, एमाले बाहेक धेरै राजनीतिक दल र सासदले यस पटक उनलाई समर्थन गरेका छन् । प्रत्यक प्रधानमन्त्रीको कालखण्ड असक्षम र असफल भन्दै ज्ञानेन्द्र शाहबाटै दुई पटक अपदस्त भएका देउवा अब चौथो पटक कस्तो स्थितिबाट अगाडी बढ्ने हुन् र उनको बहिर्गमन कुन ईतिहास सहित हुने हो ? त्यो समयले बताउला तर अहिले सम्मको उनको सत्ता अन्त्य सुखद रहन सकेको छैन ।
देउवाका आगामी चूनौती
१. असार १४ मा तोकिएको ४ प्रदेशको स्थानीय निकायको निर्वाचन सम्पन्न गर्ने ।
२. राजपाको मुद्धा सवोधन गर्ने र चुनावमा ल्याउने ।
आगामी माघ सम्म तीन तहको स्थानीय निर्वाचन सम्पन्न गर्ने ।
३ काग्रेसभित्रै रहेका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षलाई समेत मिलाएर लैनानु
राजापा देखि राप्रपा सम्मले शर्त सहित गरेको समर्थन एवं एमालेको बिपक्षी अडानका बीच देउवाले कसरी काम गर्ने हुन् त्यो प्रतिक्षाको विषय छ । यी एजेण्डाहरुमा अहिले देउवा र प्रचण्डबीच नजिकको सामिप्यता छ । दुवै नेताहरु राजपाको मुद्धा सवोधन गर्न सहमत छन् ।