एमाले भित्र भाडभैलो , निर्वाचनको मुखमा कार्यकर्तालाई कारवाही

एमाले भित्र भाडभैलो , निर्वाचनको मुखमा कार्यकर्तालाई कारवाही

  • मङ्लबार, जेष्ठ २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

इलाम,२३ जेठ । स्थानिय तहको निर्वाचन नजिकिदै जाँदा नेकपा एमाले इलामले पार्टीको निति विपरित कार्य गर्नेलाई कारवाही थालेको छ । एमालेले अन्य राजनीतिक पार्टीको गतिविधीमा संलग्न भएको भन्दै देउमाइ नगरपालिका– २ निवासी दुर्गा दाहाललाई निष्काशन गरेको छ ।

दाहालले विगत लामो समयदेखि ने.क.पा. (एमाले) र एमालेका उम्मेद्वारको विरुद्ध अन्य पार्टीसँग साँठगाँठको राजनीति गरिरहेको र पटक–पटक सम्झाउँदा समेत नसच्चिएपछि कारबाही गरिएको जिल्ला अध्यक्ष रामबहादुर रानाले बताए । यसअघि एमालले जिल्ला कमिटी वैकल्पिक सदस्य नरेन्द्र फियाक (लिम्बु) लाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो ।

फियाकलाई सामाजिक संजालमा पार्टीको विरुद्धमा प्रचारबाजी गर्ने, स्थानीय तह निर्वाचनमा मतदातालाई एमालेको विरुद्धमा उक्साउने, एमाले उम्मेद्वारको विरुद्धमा बागी उठ्ने प्रचारबाजी गर्दै हिड्ने, अन्य पार्टीका नेता, कार्यकर्ताहरुसँग साँठगाँठ गर्ने लगायतको गतिविधीमा संलग्न रहेकोले कारबाही गरिएको रानाले बताए ।
लिम्बु २०५४ सालको स्थानीय निकायको निर्वाचनमा इलामको लुम्दे गाविसमा एमालेको तर्फबाट निर्वा्चित गाविस अध्यक्ष हुन् । यो निर्वाचनमा उनी फाकफोकथुम गाउँपालिकामा अध्यक्ष पदको आकांक्षी थिए । लिम्बुले गाउँपालिका अध्यक्ष पदको टिकट नपाएपछि पार्टी हित विरुद्धको काममा लागेको एमाले इलामले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ