नेपाल कम्युनिष्ट पार्टी सुनसरीका जिल्ला सेक्रेटरी युगेन सहित ६ जनालाई रिहा गरे लगत्तै पक्राउ

नेपाल कम्युनिष्ट पार्टी सुनसरीका जिल्ला सेक्रेटरी युगेन सहित ६ जनालाई रिहा गरे लगत्तै पक्राउ

  • सोमवार, जेष्ठ २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

जेष्ठ २२ ईनरुवा । नेपाल कम्युनिष्ट पार्टी सुनसरीका जिल्ला सेक्रेटरी उदय राई युगेन सहित ६ जना नेता कार्यकर्तालाई २५ दिन हिरासतमा राखेर रिहा गरे लगत्तै पुनः पक्राउ गरी पकलीमा लगिएको छ ।
साझ ५ बजे थुनछेक बहस सकिए पछि सादा तारेखमा रिहा गरिए पनि पकली प्रहरी कार्यलयको नाममा अर्को मुद्धा दर्ता गरी पकलीमा लगेर राखिएको छ ।
बैशाख २९ गते बराह नगरपालिका ८ बाट सेक्रेटरी युगेन,धरान नगर सेक्रेटरी सुरज राई, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी जिल्ला अध्यक्ष खड्ग कुमारी राई, बराह नगर सेके्रटरी सुरेस राई, जिल्ला कमिटिका सदस्य अमृत राई, महिला संगठनकी जिल्ला सदस्य मिना धामी लाई पक्राउ गरिएको थियो ।
त्यसै गरी जेष्ठ १० गते ईटहरीबाट पक्राउ गरिएका जिल्ला कमिटि सदस्य मोहन कार्कीलाई अझै ईनरुवामै राखिएको छ ।
उता सल्यानमा पनि रिहा गरे लगत्तै पक्राउ परेका कार्यकर्ताको रिहाईको माग गर्दै नेपाल कम्युनिष्ट पार्टीले आज सल्यान बन्द गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ